शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भेनेजुएलामा विद्यालयको कार्यक्रममा भागदौड, १७ जनाको मृत्यु

आइतबार, ०३ असार २०७५, १३ : ५९
आइतबार, ०३ असार २०७५

एजेन्सी– भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन् । 

शनिबार सो दुर्घटना भएको थियो । आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले उक्त क्लबमा खानपिनको आयोजना गरेका थिए । 

सोही कार्यक्रममा सहभागी एक युवकले अश्रुग्यास खोलिदिएको पाइएको छ । जसका कारण सहभागीहरुमा ठूलो भागदौड मच्चिएको थियो । 

भागदौडका कारण ती युवायुवतीको ज्यान गएको बताइएको छ । त्यहाँ करिब ५०० विद्यार्थी सहभागी रहेका थिए । उनीहरु भाग्ने क्रममा कुल्चिएर धेरैको ज्यान गएको छ । 

मृत्यु हुनेमा अधिकांश विद्यार्थी नै परेका छन् । कतिपय तिनका आमाबुबा पनि रहेका स्थानीय प्रहरीले जानकारी दिएको छ । 

भेनेजुएलाका आन्तरिक मामिला तथा कानुनमन्त्री नेस्टोर रेभेरोलले सो जानकारी दिएका छन् । उनले मृत्यु हुनेको सङ्ख्या १७ पुुगेको र दर्जनौँ अरु विद्यार्थी घाइते भइ उपचारार्थ अस्पताल भर्ना भएका बताएका छन् । 

सो कार्यक्रमको मध्यान्तरतिर एकजना सहभागी युवकले अकस्मात कार्यक्रममा सहभागीलाई लक्ष्य गरेर अश्रुग्यास हानेको बताइएको छ । 

अश्रुग्यास फालेको आशङ्कामा एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर उनले आफूले सो कार्य नगरेको बताएका छन् । 

प्रत्यक्षदर्शीहरुले जनाएअनुसार उक्त दुर्घटनामा बालबालिकाले सास फेर्न नसकेर मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप