शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मैदानमा छिर्न नमानेको भन्दै क्रोएसियाका स्ट्राइकर घर फर्काइयो

सोमबार, ०४ असार २०७५, २१ : ३९
सोमबार, ०४ असार २०७५

एजेन्सी । नाइजेरियाविरुद्ध २–० को जीत निकाल्ने क्रममा सब्सिटिच्युटका रुपमा मैदान प्रवेश गर्न नमानेको भन्दै क्रोएसियाका स्ट्राइकर निकोला कालिनिचलाई घर फिर्ता पठाइएको छ ।

लगातार चौँथो खेलमा बेन्चमा शुरुवात गरेका निकोलालाई कालिनिनगार्डमा भएको समूह डी अन्तरगतको खेलमा अन्त्यतिर मैदान प्रवेश गर्न ज्लाटको ड्यालिचले निर्देशन दिएका थिए ।

तर, रिपोर्टका अनुसार आफ्नो ढाडमा समस्या भएको भन्दै उनले मैदान प्रवेश गर्न अस्वीकार गरेका थिए ।

अर्जेन्टिनाविरुद्धको खेलअघि आइतबार भएको प्रशिक्षणमा निकोला टोलीका सदस्यहरुसँग देखिएका थिएनन् ।

एसी मिलानका फरवार्ड यही हप्ता घर फर्कने बताइएको छ ।

उनी फर्किएसँगै क्रोएसियाको आक्रमण कमजोर बन्न पुगेको छ । अब अतिरिक्त स्ट्राइकरको रुपमा टोलीमा मारियो मान्डुच्किचमात्र बाँकी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप