भक्तपुरमा फेरि ट्रकको ठक्करबाट एक जनाको मृत्यु
मङ्गलबार, ०५ असार २०७५, २३ : ५८
भक्तपुर । कन्टेनर ट्रकको ठक्करबाट आज यहाँका एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनहरा पुल नजिक ना६ख ५६४० नंको ट्रकले बा८८प २८० नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मध्यपुरथिमि राधेराधे बस्ने ३४ वर्षीय गणेश दुलालको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।
काभ्रेपलाञ्चोक, मण्डन देउपुर–६ स्थायी घर भएका दुलाल लामो समय विदेश बसेर केही साताअघि मात्रै नेपाल फर्किएर राधेराधे बस्दै आएका थिए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीवृत्त थिमिमा राखेर अनुसन्धान गरिरहेको र शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे