शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा २०१८ः सुन्दर रुसी युवतीको नम्बर लिने प्रतिस्पर्धामा फुटबलका पारखी

बुधबार, ०६ असार २०७५, १३ : ०९
बुधबार, ०६ असार २०७५

मस्को । संसारभरीका फुटबल प्रेमी आफ्नो मनपर्ने समूह र स्टार्सको खेल हेर्न रसिया पुगेका छन् । कसले खेल जित्छ भन्ने प्रतिस्पर्धाबाहेक यहाँ आएका विदेशी नागरिकबीच अर्को होडबाजी चलेको छ – सुन्दर रुसी महिलाको फोन नम्बर लिने ।

अर्जेन्टिनाका २६ वर्षका आगस्टिन ओटेलो यीमध्येका एक हुन् जो आफ्नो समूहको गोल होइन, आफूले कतिजना रुसी युवतीको टेलिफोन नम्बर जुटाए, त्यसको गिन्ती गर्न व्यस्त छन् । अहिलेसम्म उनले चारजनाको नम्बर जुटाउन सफल भएका छन् ।

यसका लागि उनको आफ्नो साथीसँग प्रतिस्पर्धा नै चलिरहेको छ । ओटेलो आफ्नो ‘आकर्षक व्यक्तित्व’ ले फाइदा पुर्याउने बताउँदै ‘आफ्नो प्रेम’ पाउने कुरामा आशा व्यक्त गरेका छन् ।

उनका अनुसार यसका लागि कडा प्रतियोगिता छ किनभने रसियामा अत्यधिक विदेशी पुरुष भित्रिएका छन् ।

स्मरण रहोस्, विश्व कपको सुरुवात भएलगत्तै राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो देशका महिलालाई विश्वकप पर्यटकसँग सम्बन्धमा रहन छुट दिएका थिए । यसबारे पुटिनका प्रवक्ता दमित्री पेस्कोवले संवाददातालाई रसियाका महिलाले यसबारे के गर्ने भन्ने आफैं निर्णय गर्ने बताए । दमित्रीले भने, ‘जहाँसम्म रसियाका महिलाको कुरा आउँछ यो निर्णय उनीहरु आफैंले लिनुपर्छ । उनीहरु संसारका सर्वश्रेष्ठ महिला हुन् ।’

पुटिनको तर्फबाट यो सफाई यसकारण जारी भएको थियो किनभने यसअघि रसियाकी एक महिला सांसदले महिलालाई विदेशी दर्शकसँग सम्बन्ध नबनाउन सल्लाह दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘यदि रसियाका महिलाले यस्तो गरे उनीहरु ‘क्रस ब्रिड’ बाट जन्मिएका बच्चाहरुको एक्ला आमा हुनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप