शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोक्तामाथि खेलवाड गर्ने जो कोहीलाई कारवाहीको दायरमा ल्याउँछुः उद्योगमन्त्री यादव

बुधबार, ०६ असार २०७५, २० : १८
बुधबार, ०६ असार २०७५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्तामाथि खेलवाड गरेर ठगी गर्नेहरु जो कोहीलाई पनि कारवाहीको दायरमा ल्याउने बताएका छन् । 

बुधबार मन्त्रालयको निर्देशनमा उद्योग वाणिज्य तथा आपूर्ति विभागले बजार अनुगमन गरि केही व्यापारीलाई समेत नियन्त्रणमा लिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले उपभोक्ता ठगी गर्नेहरु सबैलाई कारवाहीको दायरामा ल्याईने बताएका हुन् । 

जनताप्रति उत्तरदायी सरकार भएकाले जनतालाई अहित हुने काम कहिँ कतैबाट हुन नदिने भन्दै उनले ठूला–ठूला सपिङ महलमा पनि अनुगमन गरिने र त्रुटी फेला परे अपराधको प्रकृति हेरेर कारवाही गरिने बताए । 

विभागले व्यापारीहरु पक्राउ गरेर ल्याएपछि त्यसबारे बुझ्न विभाग पुगेका मन्त्री आफैँ पनि ठूला सपिङ महलमा अनुगमन नभएको प्रति असन्तुष्ठ देखिए । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार विभागबाट खटिएको विशेष अनुगमन टोलीले उपत्यकाका काठमाण्डौ र ललितपुरका २५ वटा ठुला साना थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा मुल्य सूची नभएको, सामानमा अधिकतम खुद्रा मुल्य उल्लेख नभएको र ठूलो मात्रामा उपम्याद गुज्रेका सामान फेला परेपछि टोलीले बालकुमारीका तीन ठुला गोदाममा सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । बालकुमारीस्थित बंगालामुखी ट्रेडर्स, तिमिल्सिना किराना खाद्य स्टोर, पञ्च स्टोरलाई सिल गरि सञ्चालकलाई  नियन्त्रणमा लिईएको विभागले जनाएको छ ।

टोलीले भाटभटेनी सुपरमार्केट कलंकी, पञ्चस्टोर बालकुमारी, देव स्टोर घट्टे कुलो, शान्ति नगर सपिङ सेन्टर, कार्की स्टोर जोरपाटी, शिव ज्योति टे«डर्स कालिमाटीलगायत २५ वटा थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो ।

काठमाडौंका ४ र ललितपुरका ३ गरि ७ वटा पसलका सञ्चालकलाई थप अनुसन्धानका लागि काठमाडौं र ललितपुर जिल्ला प्रहरीमा पठाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप