शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकदारहरुको संस्थाले भन्यो–हाम्रो वाँकी रकम चाँडो निकाशा होस्

शनिबार, ०९ असार २०७५, १६ : ०२
शनिबार, ०९ असार २०७५

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले सरकारी काममको रकम समयमै निकाशा गरिदिन माग गरेको छ । 

आज विज्ञप्ती निकाल्दै महासंघले विगतमै काम सम्पन्न भएको निर्माण कार्यहरुको अरबौं रुपैंया भूक्तानी रहेको दावी गरेको छ । 

व्यवसायीहरु बैंकको कालो सुचिमा परि पेशाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेकाले यथाशक्य चाँडो रकम भुक्तानीको व्यवस्था मिलाईदिन अनुरोध गरेको हो । 

महासंघले निर्माण व्यवसायीहरुलाई मारमा पर्ने गरी भइरहेका सबै गतिविधि तत्काल अन्त्य गरी पूर्ण विकास निर्माण र निर्माण व्यवसायी मैत्री वातावरण सिर्जना गरिदिन पनि सरोकारवाला सबै समक्ष हार्दिक आग्रह गरेको छ । 

महासंघले गृह मन्त्रालयले अब निर्माण व्यवसायीलाई प्रत्यक्ष कार्वाही नगरी भौतिक पूर्वाधार मन्त्रालयले नै कार्वाही गर्ने र सम्बन्धित मन्त्रालयको अनुरोध भई आएपछि मात्र गृह मन्त्रालयले कार्वाही अगाडि बढाउने भनी आएको प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको हो । 

महासंघको १८ औँ साधारण सभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता गर्नु भएको १ बर्षको म्याद थप  र हालै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले समेत प्रतिवद्धता गर्नु भएको म्याद थप हाल सम्म नहुँदा व्यवसायी मारमा परेको महासंघको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप