शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जको घण्टाघर नजिकै भेटियो पुरुषको शव

सोमबार, ११ असार २०७५, १४ : २९
सोमबार, ११ असार २०७५

वीरगञ्ज । वीरगञ्जको घण्टाघर नजिक हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

घण्टाघरको पूर्वतर्फ टाँगा पार्किङ गर्ने स्थानबाट करिब एक सय मिटर दूरी पूर्वको गल्लीमा कुटपिट गरि हत्या गरेर फालिएको अवस्थामा वीरगन्ज ८ गहवामा बस्ने पशुपति वैण्ड बाजाका सञ्चालक अन्दाजी ५० बर्षीय भिखारी रामको शव फेला परेको हो ।

सोमबार बिहान वेवारिसे अवस्थामा भेटिएको भिखारी रामको शव उनका छोराले पहिचान गरेको पर्सा प्रहरीले बताएको छ ।

सेतो शट र पाईन्ट तथा रातो कलरको गाम्छासहित फेला परेको भिखारीको टाउको क्षतविक्षत भएको छ । 

शव भेटिएको स्थान अगाडि रहेको राजकिशोर गुप्ताको घरमा सिसिटिभी क्यामेरा समेत रहेको र उक्त सिसिटिभी क्यामेरा चालू हालतमा भए घटनाको अनुसन्धानमा सहजता हुने प्रहरीले जनाएको छ ।

वीरगञ्जको अत्यन्त व्यस्त चोक र २४ घण्टा सुरक्षा निगरानीमा रहने स्थानमा हत्या हुनुले वीरगञ्जमा सुरक्षा चिन्ता बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप