अज्ञात समूहले गर्यो वडा कार्यलयमा आगजनी
आइतबार, १७ असार २०७५, ११ : ४७
बिष्णुकुमार अाले
अर्घाखाँची -गएराती शितगंगा नगरपालिका ९ लामिदमारमा रहेको वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।
करिब राती ११-४५ वजे अज्ञात समुहले आगजनी गरेको वडा सदस्य खुम बहादुर लुईचेले जानकारी दिए ।
स्थानीयले तीन जनाको समूहमा आएकाले वडा कार्यालयमा आगजनी गरेको बताएका छन् ।
आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको कार्यालय सहयोगी सन्देश घर्तीले जानकारी दिए ।
प्रहरी टोली पुगेर घटनाको मुचुल्का गर्ने काम भैरहेको बताईएको छ । घटनाको कुनै समुहले अहिलेसम्म जिम्मा लिएको छैन ।
घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा