शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि भासियो नारायणगढ–मुग्लिङ सडक खण्ड

बिहीबार, ०३ साउन २०७५, १४ : ४४
बिहीबार, ०३ साउन २०७५

काठमाडौं– वर्षासँगै पहिरोको चपेटामा परेको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भासिएपछि यात्रुहरुले झनै सास्ती व्यहोर्नु परेको छ ।  गाईघाट नजिकै रहेको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भाँसिएपछि यात्रुहरु झनै मारमा परेका हुन् ।

२५ मिटर लम्बाई र ५ मिटर चौंडाई बराबरको सडक भाँसिएपछि एकतर्फी रुपमा मात्रै सवारी साधनहरु मुस्किलले सूचारु गराउने काम गरिएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । 
उनले तत्काल भाँसिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए । फेरि निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध हुने प्रहरी निरीक्षक गौतमले बताए । 

उक्त स्थानमा १० वर्ष अघि पनि सडक भासिएपछि रड एङकरिङ अर्थात रडमा नडबोल्ट कसेर मर्मत गरिएको थियो । अहिले पनि सोही नटबोल्ट लुज भएर सडक भासिएको हुनसक्ने प्राधिविकहरुले बताएका छन् । सडक भासिएपछि काठमाडौंबाट गएका विज्ञहरुले अध्ययन एवम् निरीक्षण गरेपनि समस्या समाधानका लागि तत्काल कुनै सुझाव नदिएको स्थानीयको गुनासो छ । सडक भासिएपछि त्यसको कारणको खोजी गर्ने काम विज्ञहरुले गरिरहेको नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

 दैनिक नौं हजारभन्दा बढी सवारी साधान आवातजावत हुने सो सडक खण्ड भाँसिएपछि यात्रुहरु झनै मारमा परेका छन् । तत्काल त्यसको पुननिर्माण नभए सो सडक खण्डनै अवरुद्ध हुने ट्राफिक प्रहरीको चेतावनी छ । पहिरोको चपेटामा परेको सो सडकखण्डको भाँसिएको ठाउँ तत्काल मर्मत नभए हजारौं यात्रुले यात्रा गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आउने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप