शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीजदेखि आधुनिकसम्म, यो साता बजारमा आए यस्ता गीत

शनिबार, ०५ साउन २०७५, ११ : ४४
शनिबार, ०५ साउन २०७५

काठमाडौं – केहि दिन पहिले सम्पन्न रसियामा आयोजित विश्वकपले सेलाएको सांगीतिक बजार फेरि तात्न थालेको छ । सो समय सातामा मुस्किलले आधादर्जन गीत संगीत सार्वजनिक हुने गर्दथ्यो । तर अहिले भने सातामै दुई दर्जन वा सो भन्दा बढी गीत संगीत सार्वजनिक हुन थालेका छन् । अहिले सार्वजनिक गीत संगीत मध्य  धेरै तीज गीतका रहेका छन्,, भने केहि पप, आधुनिकर लोक पनि छन् । यस्ता छन् यो साता बजारमा आएका दर्जन बढी गीतः

‘सपक्कै सारी सप्को पारेर’
गायिका योजना पुरिको तीज गीत सार्वजनिक भएको छ । उनको ‘सपक्कै सारी सप्को पारेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । कलम सरगमको शब्द र गायिका योजना पुरिको आवाज छ भने, लय एकनारण भण्डारीको रहेको छ । गायिका योजना पुरिको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीको अभिनय रहेको छ । गुरुआमा स्मृती तिम्लसीना निर्देशनमा बनेको भिडियो दर्शक स्रोताको माया पाउनेमा पुरी ढुक्क ढुक्क भएकी बताउछिन् ।


‘जसले पनि’
गायक राजेश पायल राईको स्वरमा ‘जसले पनि’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द रचना बबिता राईको रहेको छ, भने संगीत भर्ने काम महेन्द्र राईले गरेका छन् । महेन्द्र एण्ड दीपा च्यानलबाट सार्वजनिक उक्त गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । म्युजिक भिडियोमा छायाँकन, सम्पादन र निर्देशन रन्धिर श्रेष्ठको रहेको छ । संजिव कटवाल, एन्जल भण्डारी, कमल जंग र सुर्य ओलीको भिडियोमा अभिनय देख्न सकिन्छ ।


‘बाजेले भन्थे’ 
गायक सुनिल गिरीले आफ्नो जन्मदिनको अवसर पारेर गीत ‘बाजेले भन्थे’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गिरिकै शब्द र संगीत रहेको गीतको भिडियो पोखरा र धम्पुसका खिचिएको छ । गीतमा निराजन प्रधान र मनिषा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । ‘को होला त्यो’, ’देउराली भञ्ज्याङ’ लगायतका दर्जनौ हिट गीतका गायकको गीतको भिडियोमा अनिल के मानन्धरको निर्देशन रहेको छ । 

‘विकृति’

चर्चित लोक गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘विकृति’ बजारमा ल्याएका छन् । भूमिका र ज्योतिकै स्वर रहेको गीतको शब्द नेत्र अर्यालले कोरेका हुन् । गीतको निकै आकर्षक भिडियो समेत बनाइएको भिडियोमा पनि गायिकाद्वय भूमिका र ज्योति आफैले अभिनय गरेका छन् । उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन् । 
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको छ । म्युजिक भिडियोमा ज्योति मगर अलिक मोटी देखिएकी छिन् । भूमिका र ज्योति दुबै दाङका स्थिायी बासिन्दा हुन् । त्यसैले पनि गीतमा सहकार्य गर्न सजिलो भएको उनीहरु बताउछन् ।

‘उठ माया जुरुक्कै नाच फुरुक्कै...’
 
विक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै...’ सार्वजनिक भएको छ । करन न्यौपानेको शब्द–सङ्गीत, बिपिन आचर्यको एरेन्जर रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । विक्रम राना र आरुषी मगरलाई फिचरिङ गरिएको गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । आधा दर्जनभन्दा भन्दा गीतमा मोडलिङ गरेका विक्रमको आफ्नै स्वरमा रहेको यो तीज गीत पहिलो हो ।

‘चाइनाको रेलमा’

गायिका सरु गौतमले तिजको अबसरमा नयाँ तिज गीत ‘चाइनाको रेलमा’ लिएर आएकी छिन् । कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको यो गीतको म्युजिक भिडियोमा भने मोडल सुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमको नृत्य देख्न सकिन्छ । उत्सब दाहालले छायांकन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।


‘उदास थियो’
क्रिकेटर संदीप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो अफिसियल भिडियो सार्वजनिक भएको छ । स्वयम् गायक लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभिनय गरेका छन् । भिडियोमा निशान घिमिरेले निर्देशन गरेका हुन् । 

‘छम्म छम्म’
गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’को भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आसिश अबिरलको एरेन्ज रहेको छ । तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पती उ सँगै नाच्नलाई आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । 

‘बिकृति छाको छ’
गायक भिम ज्वलन्त योगी र रिता मगरको सन्देशमुलक गीत ‘बिकृति छाको छ’को भिडियो सार्वजनिक भएको छ । तिजको अवसर पारेर बजारमा ल्याइएको गीतमा समाजको तितो यथार्थलाई गीतमा समेटने प्रयास गरिएको छ । ममता खत्री तथा भिम ज्वलन्त योगीको शब्द तथा संगीतमा रहेको गीतको भिडियोमा सागर , रुविना विष्णु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोलाई एकराज थापाले निर्देशन गरेका हुन् ।

‘भुरुरु उडेको पुतली’
गायिका रमिला न्यौपानेले तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लयशब्दमा  गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो । प्रकाश भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

‘म भन्दा सबै मोटा मोटा छन्’
तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकाले तीजका लागि बनाएको गीत संगीतले बजार तात्न थालिसकेका छन् ।यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘म भन्दा सबै मोटा मोटा छन्’ बोलको नयाँ गीत ल्याएकी छन् । दोहोरी शैलीमा ल्याइएको यो गीतमा उनलाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । श्रीमान्ले श्रीमतीको र श्रीमतीले श्रीमान्को गुनासो गरेको शब्द गीतमा सुन्न सकिन्छ । बिष्णु न्यौपानेको शब्द र सुमन अधिकारीको लय रहेको गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा गायिका लक्ष्मीको साथमा यादव देवकोटा ‘सरापे’को अभिनय देख्न सकिन्छ । कमेडी शैलीमा तयार भएको भिडियो राम्रो बनेको छ । भिडियो दर्शकको रोजाइमा पर्ने गायिका लक्ष्मीले बताइन् । 


‘पातली कै मयाँ लाउनी’ 
गायक हेमन्त शर्माको ‘पातली कै मयाँ लाउनी’ सार्वजनिक भएको छ । प्राय फरकपनका गीत संगीत गर्न रुचाउने शर्मा यसपटक भने पातलीको मायामा चुर्लुम्म डुबेका छन् । गायक शर्माले गीतको म्यूजिक भिडियोमा यहि भावमा अभिनय समेत गरेका छन् । आफ्नै शब्द÷संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मालाई यस पटक भने अहिले चर्चामा रहेकी मोडल एलिसा राईले साथ दिएकी छिन् । प्राय आफ्ना गीतका म्यूजिक भिडियोमा आफैले अभिनय गरेका शर्माले पहिलो पटक गाउँले सोझो युवाको भूमिका निर्वाह गरेका छन् । शर्मा आफैले निर्देशन गरेको ‘पातली कै मयाँ लाउनी’को म्यूजिक भिडियोमा शिव बि.कको कोरियोग्राफि रहेको छ । 

‘फूल को’
गायक स्वरुपराज आचार्यको ‘फुल को’ बोलको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ । गीतमा स्वरुपलाई बोबी लिम्बुले साथ दिएकी छन् ।भावना मगरको शब्द र भक्ति लिङ्घालीको संगीत रहेको गीतको भिडियोमा पुष्प खड्का र जुना सुन्दासको अभिनय रहेको छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । म्युजिक नेपालबाट सार्वजनिक गीतको ब्जार ब्याबस्थापन अम्बिका म्युजिकले गरेको छ ।

‘सम्बन्ध’
गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले चौथो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएका छन् । ललितपुरमा बुधबार आयोजित कार्यक्रममा संगीतकार दीपक जंगमले विमोचन गरेको यो एल्बममा ६ वटा गीत संग्रहित छन् । गणेशले संगीत दिएका गीत परिता राजभण्डारी, विनोद रोक्का, राजेन्द्र श्रेष्ठ, गीता खत्री, ज्योति पौडेल र पुनम काफ्लेले लेखेका हुन् । यो एल्बममा कस्तो सम्बन्ध, सिमाना त, जति छिटो, रुवाएर छाड्नेछैन, लुकीलुकी र सुन फूल बोलका गीत सुन्न सकिन्छ । टाइम्स म्युजिकको प्रस्तुति रहेको एल्बमका दुई गीतमा युगल र अन्यमा यशोदाको स्वर रहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप