शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा सडक दुर्घटनाः दुईजनाको मृत्यु

आइतबार, ०६ साउन २०७५, १८ : १४
आइतबार, ०६ साउन २०७५

मलेखु– सिद्धलेक र थाक्रे गाउँपालिकामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।  वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा६प ५१७५ नं को कोइला बोकेको ट्रकले पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–८ मा ठक्कर दिँदा मकवानपुरको थाहा नगरपालिका निवासी ९ वर्षीय रंजीत मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विकले जानकारी दिए । 

यस्तै सिद्धलेक गाउँपालिका फिसफिसेटारमा स्कूलबसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । धादिङबेँसीबाट मलेखु जाँदै गरेको बा९२प ८११० नं को मोटरसाइकललाई बा२ख ८९९६ नं को स्कूल बसले ठक्कर दिँदा मोटरसाइकल चालक ज्वालामूखी गाउँपालिका–४ का १९ वर्षीय सुजत भण्डारीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप