कप्तान सन्दीप नायक, सिंगापुरमाथि नेपालको संघर्षपूर्ण जीत
काठमाडौँ – आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालले सिंगापुरमाथि ४ विकेटको संघर्षपूर्ण जीत निकाल्दै विजयी शुरुवात गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ७४ रनको झिनो स्कोर पछ्याउन नेपाललाई हम्मेहम्मे परेको थियो ।
सिंगारपुर क्रिकेट क्लबमा सोमबार भएको खेलमा नेपालले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएको थियो । नेपाली बलरहरुको उत्कृष्ट बलिङ अगाडी सिंगापुरका ब्याटस्म्यानहरु निरिह देखिएका थिए ।
पहिले ब्याटिङ गरेको सिंगापुरले २९ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो । कुनै बेला २६ रनको स्थितिमा ७ विकेट गुमाइसकेको सिंगापुरका लागि पुछारका ब्याटस्म्यान ब्रिगु ऐयरले ४२ रन बनाएपछि स्कोर सम्मानजनक देखिएको थियो ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिँदै सिंगापुरको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चे । त्यस्तै शहाब आलमले ३ तथा किशोर महतोले दुई विकेट लिए ।
झिनो लक्ष्य पाएको नेपालको पनि शुरुवात राम्रो हुन सकेन मात्र ९ रनको स्कोरमा नेपालले दुवै ओपनारलाई गुमाउन पुग्यो । त्यसलगतै दिपेन्द्रसिंह ऐरलाई २ रनमा गुमाएपछि नेपाल दबाबमा आएको थियो । तर, प्रनित थापा मगरले २३ तथा अनिल साहले २३ र १९ रन बनाएपछि नेपालको पारी सम्हालिएको थियो । दुवै आउट भएपछि रोहित कुमारले ११ तथा पवन शर्राफले ४ रन बनाएर नटआउट रहँदै नेपाललाई जित दिलाए । नेपालले मात्र १७.३ ओभरमा सिंगापुरको लक्ष्य भेटाएको थियो ।
सोमबारको अर्को खेलमा अफगानिस्तानले पनि विजयी सुरुआत लियो । मलेसियालाई आठ विकेटले हराउँदै बलियो मानिएको अफगानिस्तान विजयी भएको हो । पहिलो ब्याटिङ गरेको मलेसियाले प्रस्तुत गरेको ५३ रनको लक्ष्य अफगानिस्तानले ५.५ ओभर मात्र दुई विकेटको क्षतिमा पछ्यायो ।
राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने