सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चार वर्षीया बालिका बलात्कारको आरोपमा विजय गजमेर  पक्राउ

सोमबार, २१ साउन २०७५, २१ : १४
सोमबार, २१ साउन २०७५

भद्रपुर । चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । 

अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 

साउन १६ गते दिउँसो अभियुक्तको घरमा खेल्न पुगेकी बालिकालाई घरमा कोही नभएको मौका छोपी गजमेरले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । 

प्रहरीले अभियुक्तको खोजी शुरु गरेपछि गजमेर फरार थिए । प्रनाउ कोइरालाले अभियुक्त गजमेरलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप