शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मा चाँडै नै टेलिभिजनमा फिर्ती हुँदै, के हो नयाँ प्रोजेक्ट ?

सोमबार, २८ साउन २०७५, १३ : ०३
सोमबार, २८ साउन २०७५

कमेडियन किंग भनिने कपिल शर्मा लाइमलाइटबाट टाढा छन् । पछिल्ला थुप्रै दिनदेखि कपिल शर्माबारे कुनै खोज खबर थिएन । यद्यपी, बीचबीचमा उनका केही तस्बिर सोसल मिडियामा आउने गरेको छ । मिडिया रिपोर्ट अनुसार कपिल शर्मा अक्टोबरबाट टेलिभिजनमा फिर्ती हुँदैछन् ।

डीएनएको रिपोर्ट अनुसार ग्रिसमा प्रेमिका गिन्नीसँग बिदा मनाइरहेका कपिल शर्मा चाँडै नै फिर्ता हुने योजनामा छन् ।

कपिलको आजकाल अत्यधिक तौल बढेको छ । यो कम गर्नका लागि उनले चाँडै नै ट्रेनरको सहयोग लिने बताइएको छ ।

सोसल मिडियामा प्रशंसकसँग च्याट गर्ने क्रममा कपिलले आफू चाँडै नै कमब्याक गर्ने बताएका थिए र अहिले आफ्नो रुटिन ठिक गर्ने कोसिस गरिरहेको पनि बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप