‘अप्रिल फुल’ उपन्यासमा अध्यारो काठमाडौंको कथा
काठमाडौं-पत्रकार एवं लेखक कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ भदौमा बजारमा आउने भएको छ । किशोर–किशोरीको प्रेममा आधारित उपन्यासको ‘फस्र्ट लूक’ सार्वजनिक भएसँगै यसले सामाजिक संजालमा चर्चा बुटुलेको छ ।
आफ्नो पहिलो कृति लिएर पाठकमाझ आउन लागेका आचार्यले उपन्यासमार्फत आफूले समाजको चरित्र चित्रण गरेको दाबी गरेका छन् । उपन्यासमा प्रेमलाई विभिन्न उप–कथामार्फत चित्रण गर्न खोजिएको छ । प्रेमले खुसी सँगै कसरी पीडा पनि दिन्छ र पीडाले मुख्य पात्रको जीवनलाई कसरी एकाएक परिवर्तन गरिदिन्छ भन्ने कुराबाट उपन्यास सुरु हुन्छ ।
‘मैले अध्यारो काठमाडौंको कथादेखि दुरदराजको रोमान्ससम्मलाई उपन्यासका पानामा चित्रण गरेको छु’ लेखक भन्छन, ‘उपन्यासले भरपुर मनोरञ्जन दिनुका साथै सामाजिक चेतना पनि जागृत गर्नेछ ।’ सरल भाषा, शैली र रोचक कथाबस्तु भएका कारण पाठकले उपन्यास रुचाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
विभिन्न संचारमाध्यममा कथाहरु लेख्दै आएका आचार्य विगत एक दशकदेखि पत्रकारिता गर्दै आइरहेका छन् । उनी हाल नयाँ पत्रिका दैनिकमा उप–सम्पादकको रुपमा कार्यरत छन् ।
पुस्तक युरिका पब्लिकेशनले बजारमा ल्याउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा