बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एयर अरेवियाले युरोपेली मुलुकमा उडान भर्दै

बिहीबार, ३१ साउन २०७५, २० : २४
बिहीबार, ३१ साउन २०७५

काठमाडौँ–एयर अरेबियाले  अब युरोपेली मुलुकहरुमा उडान भर्ने भएको छ । एयरलाइन्सले डिसेम्बर ११ देखि यूएईबाट चेक गणतन्त्रको राजधानी प्रागमा उडान भर्ने एयर अरेबियाको भारत तथा नेपालका क्षेत्रीय प्रबन्धक सचिन नेनले बताए । 

मध्यपूर्व तथा अफ्रिकाको ठुलो एयरलाईन्स एयर अरेबियालाई मानिन्छ । डिसेम्बरबाट सुरु गर्ने यो उडानले नेपालको पर्यटनमा पनि सहयोग पुग्ने प्रबन्धक सचिन नेनले बताए । नेपालका यात्रुहरुलाई युरोप उडानको यात्रा सहज हुने नेनको भनाई छ । ‘यो उडानले नेपालको पर्यटनलाई पनि सहयोग पुग्छ । हाम्रा यात्रुहरुलाई हाम्रो राम्रो सुविधा सहितको सेवा दिदैँछौ । युरोप आवतजावत गर्ने नेपालीलाई पनि सहज हुनेछ ।’ प्रबन्धक नेनले भने ।  

बिहिबार केहि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रबन्धक नेनले एयर अरेवियाले सातामा पाँच दिन सारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्राग भाक्लेभ हाबेल विमानस्थलसम्म उडान भर्ने गरेको बताए । हाल एयर अरेवियाले मध्यपूर्व र उत्तर अफ्रिकाबाट १ सय ५० भन्दा बढि स्थानमा उडान भर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप