शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालिन परिवेशमा दुर्गा सुवेदीले अंगालेको बाटो अनुकरणीय : बाबुराम भट्टराई

शनिबार, ०२ भदौ २०७५, १८ : ३९
शनिबार, ०२ भदौ २०७५

काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको संस्मरणात्मक पुस्तक विमान विद्रोह सार्वजनिक भएको छ । शनिबार पर्यटन बोर्डमा विशेष कार्यक्रम गरि पुस्तक विमोचन गरिएको हो । 

पुस्तकमा २०३० सालको विमान अपहरणमा सुवेदीको संलग्नता र त्यसले निम्त्याएका तात्कालिक राजनीतिक परिस्थिति र घटनाक्रम माथिका अनुभूतिहरु समावेश छन् । 

विमान अपहरणमा संलग्न भए वापत सुवेदीले भारतीय जेलमा काटेका दुई बर्ष, १० बर्षको प्रवास बसाई, तात्कालिन माओवादीको सशस्त्र संघर्षको साथै श्रीमती शुशीला कार्की प्रधानन्यायाधीश हुँदाको समयमा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रस्ताव गरेको आर्थिक प्रलोभन लगायत प्रसंग उल्लेख छन् ।

पुस्तकमाथि चर्चा गर्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले तात्कालिन परिवेशमा दुर्गा सुवेदीले अंगालेको बाटो अनुकरणीय रहेको बताए । राजनीतिक परिर्वतनका लागि समय सापेक्षका निर्णय र आन्दोलन जरुरी रहेकाले कुन ठिक कुन बेठिक भन्नु कठिन हुने तर्क उनले गरे । 

नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमा सुवेदीले विमान अपहरणको आरोपमा जेलमा बस्दा, भागेर भारत पुगेको, भारतको चिप्को आन्दोलनलगायत विभिन्न कालखण्डका राजनीतिक घटनाक्रमका विविध विषय समावेश भएको बताए । 

उनले तात्कालिन समयमा काग्रेस कस्तो रहेछ भन्ने बारे बुझ्नका लागि पुस्तकमा यथेष्ट विषयवस्तु समावेश भएको उल्लेख गरे । व्यक्तित्व र स्वभावका आधारमा दुर्गा सुवेदी जस्तो बन्न गाहो रहेको थापाले टिप्पणी गरे ।

सुवेदीले लोकाचार, लालसा र डर विना नै तात्कालिन पात्र र तीनका प्रवृत्ति पुस्तकमा तारेको नेता थापाले बताए । उनले आजको पुस्ताको कांग्रेसले विमान विद्रोह पुस्तकबाट तात्तकालिन राजनीति र राजनीतिका पात्र बारे यथेष्ट जानकारी लिन सक्ने तर्क गरे । 

विमान विद्रोह कृतिमा नेपाली कांग्रेसको तात्किालिन पार्टी राजनीतिको अहिले सम्म बाहिर नआएका धेरै प्रसङ्गहरु पनि भेटिन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप