शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोकदेखि आधुनिकसम्म :  यो साता बजारमा आए यस्ता गीत (भिडियोसहित)

सोमबार, ०८ असोज २०७५, १३ : ०८
सोमबार, ०८ असोज २०७५

काठमाडौं – गीत संगीतको लगानी फिर्ता नहुने जान्दाजान्दै पनि यसमा पैसा खन्याउनेको संख्यामा कुनै कमी आएको छैन । 

सायद त्यसैले पनि होला सातामा एक दर्जन वा सो भन्दा बढी नयाँ गीत संगीत बजारमा देखा पर्ने गर्दछ । यस्तैमा यो साता पनि करिब दर्जन नयाँ गीत भिडिएका छन् । ती यस्ता रहेका छन् । 

‘धेरै धेरै’
पछिल्लो समय आफै भिडियो मोडलिङमा देखिने गायिको भिड छ । यो भिडमा गायिका श्रृजना कार्की पनि पनि देखिएकी छन् । उनले आफ्नो नयाँ गीत ‘धेरै धेरै’मा आफैले मोडलिङ गरेकी हुन् । 

शुक्रबार यूट्यूबमार्फत सार्वजनिक गीत राजुबाबु श्रेष्ठले लेखेका हुन् । गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ । गीतको भिडियो राज महर्जनको निर्देशन गरेका हुन् । भिडियोमा गायिकाको साथमा ह्याण्ड टु ह्याण्ड क्रुको पनि अभिनय रहेको छ । 

‘किन तिमी आज’
गायक सन्जिब पुडासैनीको डेब्यु निर्देशन र गायन रहेको गीत ‘किन तिमि आज’ को भिडियो सार्बजनिक गरिएको छ । वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश उक्त गीतको यो अफिसियल भिडियो हो । 
गीतमा गायक सन्जिब पुडासैनीको शब्द रचना र संगीत रहेको छ भने गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन् । काठमाडौँको ठमेल र ठमेल वरिपरि छायांकन गरि तयार गरिएको भिडियोमा गायक सन्जिब पुडासैनी देखिएकाछन् ।  उनलाई मोडल गरिमा श्रेष्ठल साथ दिएकी छन् ।
‘यहाँ घाउहरु’

विनोद राईको आवाजमा रहेको निकै मार्मिक गीत ‘यहाँ घाउहरु’ बोलको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमका अनुपम भाव समेटिएको गीतमा निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानले एरेन्ज  गरेहुन् । मुकेश हुमागाईँको छायाँकन, अमृत चापागाईँको सम्पादन र जसु याक्खाको निर्देशन भिडियोमा र रीजोन थिबे, आयुष लिम्बूखीम, मौसमी ससी लगायतको अभिनय रहेको छ ।

‘नौँलो गाउँ’
जीत बहादुर खड्काको काठे भाकामा आधारित गीतमा ‘नौलो गाउँ’ गीतको भिडियो बजारमा आएको छ । जित बहादुर खड्काको शब्द तथा सहदेव कोइरालाको लय सिर्जना रहेको गीतमा रेशम दलार्मीको छायाँकन , दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा काजिश श्रेष्ठ, करिष्मा ढकालको अभिनय रहेको छ ।

‘ए कालु’
प्रियंका कार्की र सरोज ओली अभिनित ‘ए कालु’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् गायनसँगै सरोजले अभिनयको यात्रालाई ‘ए कालु’ मार्फत फेरि पनि निरन्तरता दिएका हुन् । मेलिना राईको आवाज रहेको गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

‘ढिकिच्याउ’
दर्जन चर्चित गीत दिएकी गायिका सहिमा श्रेष्ठको नयाँ गीत  ‘ढिकिच्याउ’ सार्वजनिक भएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतमा   साहिमालाई गायक सन्दिप न्यौपानेले स्वरमा साथ दिएका छन् । 
सन्दिप न्यौपानेको शब्द, संगीतकार गोबिन्द मधुर आचार्यको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।
सुनिल क्षत्रिले निर्देशन गरेको भिडियो अभिनेत्री खुस्बु खड्का तथा ठिटोज एण्ड टिम र सुनिल क्षत्रिको अभिनय र नृत्यल भरिएको छ ।

‘रगत हाम्रो रातो नै थियो’ 
गायक सौगात आचार्यको आधुनिक गीत ‘रगत हाम्रो रातो नै थियो’ बोलको गीतको भिडियो बजारमा आएको छ । गायक सौगातकै शब्द तथा संगीत रहेको गीतको भिडियो सन्तोष पौडेलले निर्देशन गरेका हुन् । भिडियोमा सौगात आचार्य र मुस्कान आचार्यको अभिनय रहेको छ ।

‘सालको पातको टपरी हुनी’

गायक नवराज पन्तको नयाँ गीत ‘सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको’को भिडियो बाहिर आएको छ । गीतमा शव्द, संगीत पनि उनकै रहेको छ । 
माया पिरतिमा देखिने घात प्रतिघात र अबिश्वासलाई हटाएर आपसी बिश्वासमा अघि बढ्नुपर्ने मुख्य सन्देश गीतमा समावेश गरिएको सर्जक नवराज पन्तले बताए । 
गीतको भिडियो पनि बनेको छ । भिडियोमा मोडेल मरिस्का पोखरेल सहित गायक कुलेन्द्र बिश्वकर्मा र बसन्त थापाले अभिनय र नाँच प्रस्तुत गरेका छन् । भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।

‘फूल टिप्दा’
पछिल्लो समय उत्कृष्ट गीतहरु कमै मात्रमा बन्ने गर्दछन् । यस्तैमा एक उत्कृष्ट गीत ‘फूल टिप्दा’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक ज्ञान सुब्बाको स्वर सुन्न सकिन्छ ।  गायक सुब्बाको स्वरमा यसअघि बहार तिमि ,यति धेरै माया नदेउ , झुकिएर लाए माया लगायतका गीतहरु बजारमा आइसकेका छन ।
 

हाङयुग अज्ञातको शब्दमा दिनेश सुब्बाको सङ्गीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् भने मिक्सिङ मीन विष्टको रहेको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अनिश मगर र रेखा लिम्बूको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका छन् ।

‘रेलिमाइ..’
नायिका आँचल शर्मा अभिनित  रेलिमाइ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ । भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ्क(एलिड २० क्रिउ) र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देख्न सकिन्छ। 

भिडियोमा दुई ग्रुपसंग नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् । दिपक आचार्यको शब्द तथा मिष्टर आर.जे. को संगीत रहेको गीतमा महेश भडारी र मिष्टर आर.जे.को स्वर रहेको छ।
 भिडियोमा नेपालका चर्चित दुई डान्स ग्रुपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन् । 

 ‘हाम्रो नवीन नगर’ 
हाम्रो नवीन नगर भन्ने देशभक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायकरगायीकामा रामचन्द्र काफ्ले र पूर्णिमा लामाको मिठो स्वर रहेको छ । गीतमा आरोह नेपालीको संगीत र हेको छ भने एरेन्जर अशोक राईले गरेका थिए । 

सन्देशमुलक गीतको भिडियोमा ६ जना राष्ट्रिय कलाकारका साथमा साठी भन्दा बढिको कोरस राखिएको छ ।  गीतमा करिश्मा ढकाल, सिर्जु अधिकारी, कला लम्साल, सनध्या पौडेल, सोभा भण्डारी र जस्मीन मगरको अभिनय रहेको छ ।

‘सरसर.....’ 
एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर.....’ वोलको लोक तथा पप गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको सुमधुर स्वर रहेको छ । जसमा गीतकार डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।

गीतको भिडियो सुब्रतराज आचार्याको निर्देशन गरेका हुन् । जसमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप