शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जुन गोल बन्यो वर्षको उत्कृष्ट

मङ्गलबार, ०९ असोज २०७५, ०९ : ४७
मङ्गलबार, ०९ असोज २०७५

एजेन्सी । हङ्गेरीका आइकन फेरेन्क पुस्कासको नाममा वर्षको उत्कृष्ट गोललाई ‘द फिफा पुस्कास अवार्ड’ वितरण गरिन्छ ।

र, यो वर्ष पुस्कास अवार्डको विजेता बनेका छन्, मोहमद शलाह ।

आफ्नो पहिलो मर्सिसाइड डर्बीमा एभर्टनबिरुद्ध गरेको गोल वर्षको उत्कष्ट गोल ठहरियो ।

गत डिसेम्बरमा एनफिल्डमा भएको खेलमा इजिप्सियन खेलाडीले उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । यद्यपि, वेयन रुनीले पेनाल्टीबाट गोल गर्दै खेलमा १–१ बराबरी गरे ।

शलाहले रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोको युभेन्टसबिरुद्धको ओभरहेड किक र गेराथ बेलको लिभरपुलबिरुद्धको एक्रोब्याटिक गोललाई पछि पार्दै उक्त अवार्ड हात पार्न सफल भए ।

‘मलाई लाग्छ यो अन्तिम मनोनयन हुनेछैन । म अझै गत सिजनभन्दा राम्रो खेल्न चाहन्छु,’ शलाहले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप