शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा एक महिलाको शव फेला, हत्या भएको आशंका

शनिबार, १३ असोज २०७५, १९ : ४५
शनिबार, १३ असोज २०७५

बुटवल । रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका–  १२ मा एक महिलाको  जलेको अवस्थामा शव फेला परेको छ । 

भारतीय सिमा नजिकै मौवारीमा  २३ वर्षीया तारा बरईको  जलेको अवस्था शव फेल परेको ईलका प्रहरी कार्यालय लुम्बिनी प्रहरी निरीक्षक  शंकर पोखरले  बताए । 

उनको हत्या या आफैँ जलेको भन्ने बिषय स्पष्ट नभएकाले ल्याब टेस्ट लागि काठमाडौं पठाइएको उनले बताए । वरई श्रीमान रोजगारीको लागि भारतमा  छन् । 

घरमा  सुसरा र देबर  रहेका छन् ।  प्रहरीले  घटनाको अनुसन्धान गरिहरेको बताए पनि समाजिक सञ्जालमा आफन्तहरुले हत्या गरेको अरोप लगाउँदै  दोषीलाई कारवाहिको माग गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप