नोबेलको चार दिन निःशुल्क शिविर : मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।
मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार गरेको छ । त्यस्तै पथरी शनिश्चरे ३ किराती चौकमा भएको शिविरबाट ३ सय ७८ बिरामी लाभान्वित भए ।
इटहरी उपमहानगरपालिका ४ मा भएको शिविरमा १ हजार १ सय ७२ जना बिरामीले निःशुल्क उपचार गराएका छन् । यता, वेलवारी नगरपालिका४ धिमाल टोलमा भएको शिविरबाट ३ सय ९३ जना बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् ।
ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउँन नोबेलले निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिईरहने अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा