शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ युएई शाखाको अन्तरक्रिया सम्पन्न

शनिबार, ०७ साउन २०७४, ११ : ४७
शनिबार, ०७ साउन २०७४

लक्ष्मण खनाल 


युएई–नेपाल पत्रकार महासंघ युएई शाखाको आयोजनामा  ‘युएईमा नेपाली संघ संस्थाको आगामी भुमिका र सहकार्य’  विषयक अन्र्तक्रिया सम्पन्न भएको छ ।


शाखाका अध्यक्ष भुपराज वस्यालको अध्यक्षतामा बरदुबईको सिन्ध पंजाव रेष्टुरेण्टमा सम्पन्न  उक्त कार्यक्रमको सञ्चालन शाखाका सचिव मेघराज सापकोटाले गरेका थिए । कार्यक्रममा  युएईमा क्रियाशिल झण्डै ५० संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


युएई सरकारले  अबैधानिक रुपमा खोलिएका संघ संस्थाहरुले गर्ने गतिविधि र कार्यशैलीहरुमा निगरानी गरिरहेको र दर्ता गर्नुपर्ने भन्दै पटक पटक अव्हान गरिरहेको अवस्थामा विगतका गतिविधिहरु कसरी सञ्चालन गर्ने भन्ने छलफलको लागि महासंघले उक्त कार्यक्रम आयोजना गरेको थियो । 


पहिलो चरणको धारणा राख्ने कार्यक्रम अन्र्तगत कार्यक्रमका अतिथिहरुले आफ्नो आफ्नो संस्थाको तर्फबाट समाजका घटेका समस्याहरु र चुनौतीहरु राखेका थिए । अन्र्तक्रियामा आफ्ना प्रश्नहरु र सुझावहरु राख्दै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले युएईमा पत्रकारहरुले खेलेका सकारात्मक नकारात्मक भुमिकाहरुको टिप्पणी गरेका थिए । वक्ताहरुले युएईको कानुन र यहाँ को राज्यलाई ठोस पुग्ने कार्य गर्न नहुनेमा जोड पनि दिएका थिए ।


अन्र्तक्रियाको प्रश्नोतरमा बोल्दै अधिकांश व्यक्तिहरुले समाजसेवाको लागि खोलिएका संघ संस्थाका प्रतिनिधिहरुले अबैधानिक कार्यहरु जस्तै हुण्डी, भिजिट भिषाको कारोवार र मनव तस्करीमा संलग्न हुने कार्यहरु गर्ने गरेको आरोप लगाउदै त्यस्ता व्यक्तिहरुलाई सामाजिक वहिस्कार गर्नुपर्ने धारणा राखेका थिए । 


उक्त कार्यक्रमले युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाहरुले सहकार्य र एकतामा नै बल रहेको भन्दै समाजिक सद्भाव लाई सन्तुलित राख्न सबैको पहल रहनु पर्नेमा सबैको  जोड र  निश्कर्ष थियो  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप