आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु
मोगादिसु– शक्तिशाली दुईओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ । सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
अपरिचित दुई व्यक्तिले बाय क्षेत्रको बाइडोय सहरमा रहेको विलान होटल र बद्री रेष्टुरेन्टलाई लक्षित गरी छुट्टा छुट्टै आत्मघाती आक्रमण गरेका थिए । प्रहरी प्रमुख अब्दी मोहमद अलीले मृत्यु भएका अधिकांश सर्वसाधारण नागरिक रहेको अनाडोलु समाचार संस्थालाई जानकारी दिए ।
बायका सूचना मन्त्री उगास हसन इब्राहिमले घाइतेहरुलाई तत्काल उद्धार गरी बाइडोय क्षेत्रीय अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।
लडाकू समूह अल शबाबले अन्डालुस रेडियो मार्फत आक्रमणको जिम्मेवारी लिएको समाचारमा जनाइएको छ । सो समूहले सोमालिया र पूर्वी अफ्रिकामा बेलाबेलामा यस्ता आत्मघाती आक्रमणहरु गर्दै आएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा