शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाका राष्ट्रपति मुनद्वारा समवेदना

मङ्गलबार, ०६ कात्तिक २०७५, १६ : ५३
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौँ– दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका कोरियाली एवं नेपाली आरोहीहरूमा हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

दक्षिणी मोहडाबाट उक्त हिमाल आरोहणका क्रममा गत असोज २७ गते हिमपहिरोमा परी आरोहण टोलीका प्रमुख कोरियाली नागरिक किम छाङ्हो तथा सदस्यहरू इजेहुन, इमइल जीन, युयङ् जिख, छङ जुन्मोसहित चारजना नेपालीको मृत्यु भएको थियो । 

यहाँस्थित कोरियाली राजदूतावासले आज जारी गरेको राष्ट्रपति मुनको शोक सन्देशमा दुवै देशका शोकाकूल परिवारजनमा हार्दिक सहनुभूति एवम् ऐक्यबद्धता पनि प्रकट गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप