सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

शनिबार, १० कात्तिक २०७५, ०९ : ०७
शनिबार, १० कात्तिक २०७५

बनेपा - घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले सार्की रहेको छ । सार्कीले स्थानीयवासी ३७ वर्षीय पूर्णबहादुर विसङ्खेलाई यही कात्तिक ४ गते घरायसी झगडामा कुटपिट गरेको र सोही कारणबाट उनको मृत्यु भएको किटानी जाहेरी दिएपछि सार्कीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

पूर्ण विसङ्खे बिहीबार दिउँसो ३ बजेतिर काठमाडौँ जाने क्रममा भक्तपुरको सल्लाघारीमा बेहोस अवस्थामा प्रहरीले फेला पारी भक्तपुर अस्पतालमा लगिएको र त्यसपछि थप उपचारका लागि वीर अस्पताल पठाएको थियो । 

सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको र तत्काल शल्यक्रिया गर्नुपर्ने जनाएपछि उपचार नगरी आफन्तले घरमा ल्याएकोमा उनको हिजो बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

“घटनाको अवस्थाबारे बुझ्दै जाँदा कुटपिटबाट मृत्यु भएको भनी राज विसङ्खेले किटानी जाहेरी दिएपछि आवश्यक अनुसन्धानका लागि सार्कीलाई नियन्त्रणमा लिएका हौँ”, प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप