यी हुन् विश्वका सबैभन्दा उत्कृष्ट एयरलाइन्स
सिएनन । एउटा एयरलाइन्सले पछिल्लो १२ महिनामा आफूलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गर्यो । र, अन्ततः उसको मिहिनेतले रङ्ग ल्याएको छ ।
गत अक्टोबरमा सिङ्गापुरबाट न्युयोर्कसम्म विश्वकै लामो ननस्टप प्यासेन्जर सर्भिस शुरु गरेको सिङ्गापुर एयरलाइन्स विश्वको उत्कृष्ट एयरलाइन्स घोषित भएको छ ।
अस्ट्रेलियामा रहेको वायु सुरक्षा र उत्पादन रेटिङ एजेन्सी एयरलाइनरेटिङग्सले वार्षिक एयरलाइन्स एक्सिलेन्स अवार्डमा सिङ्गापुर एयरलाइन्स विश्वकै उत्कृष्ट एयरलाइन्स घोषित भएको हो ।
योसँगै लगातार पाँच वर्ष शीर्ष स्थानमा कब्जा जमाउँदै आएको एयर न्युजिल्याण्ड शीर्ष स्थानबाट विस्थापित बनेको छ ।
एयरलाइन्स रेटिङग्सका प्रधानसम्पादक जेफरी थोमसका अनुसार शीर्ष स्थानका लागि एयर न्युजिल्याण्ड, क्वानटास एयरवेज र कतार एयरवेजबीच कडा प्रतिस्पर्धा थियो ।
विजेता घोषणा गर्नका लागि अन्तर्राष्ट्रिय उद्योग तथा सरकारी सुरक्षा अडिटको साथै १२ मुख्य मानक जस्तै विमानको आयु, यात्रुको रिभ्यु, नाफा, लगानी, कर्मचारी सम्बन्धलगायतलाई ध्यानमा राखिएको थियो ।
सिङ्गापुर एयरलाइन्सले सबैभन्दा उत्कृष्ट फस्ट क्लासको पनि उपाधि हात पार्यो ।
समग्रमा चौथो स्थानमा रहेको कतार एयरवेयजले उत्कृष्ट क्याटरिङ र उत्कृष्ट विजनेस क्लासको उपाधि पनि जित्यो ।
अस्ट्रेलियाको एयरलाइन्स क्वान्टासले उत्कृष्ट लाउन्जको उपाधि हासिल गर्यो ।
यी हुन् शीर्ष १० एयरलाइन्सः
१. सिङ्गापुर एयरलाइन्स
२. एयर न्युजिल्याण्ड
३. क्वान्टास
४. कतार एयरवेज
५. भर्जिन अस्ट्रेलिया
६. एमिरेट्स
७. अल निप्पोन एयरवेज
८. इभा एयर
९. क्याथी प्यासेफिक एयरवेज
१०. जापान एयरलाइन्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा