शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा रोजगारीमा जानेलाई खुसीको खबरः पारिश्रमिक १६.४ प्रतिशतले वृद्धि हुँदै

सोमबार, ०९ साउन २०७४, १२ : ११
सोमबार, ०९ साउन २०७४

काठमाडौं–दक्षिण कोरियाको रोजगारीमा रहेकाका लागि खुसीको खवर छ । यो मुलुकको रोजगारीमा रहेका कामदारको आगामी बर्ष (सन् २०१८) देखि न्युनतम पारिश्रमिक १६.४ प्रतिशतले बढ्ने भएको हो । 


दक्षिण कोरियास्थिर सरकारी पक्ष, मजदुर संगठन र उद्योगी व्यवसायीवीचको सहमतिमा कामदारको न्युनतम् पारिश्रमिक वृद्धि गर्ने सहमति भएको हो । यो आगामी अगष्टमा त्यहाँको संसदले पारित गर्ने र आगामी सन् २०१८ को जनवरीदेखि डिसेम्वर भित्र लागु हुने जनाइएको छ । 


नयाँ वृद्धि भएको तलव अनुसार कामदारले प्रतिघण्टा ७ हजार ५ सय ३० वन पाउनेछन् । हप्तामा ४० घण्टा काम गर्ने कामदारको पारिश्रमिक अहिलेको मासिक १३ लाख ५२ हजार ७ सय १२ वनवाट बढेर आगामी बर्ष १५ लाख ७३ हजार ७ सय ७० वन पुग्ने जनाइएको छ । 


यसवाट नेपाली सहित १७ मुलुकका कामदार लाभान्वित हुनेछन् । अहिले पनि ३५ हजार नेपाली दक्षिण कोरियाको रोजगारीमा छन् । यसबर्ष मात्र कोरियाले १० हजार कोटा दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप