शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टुबोर्ग ओपन फेस्टमा झुम्यो काठमाडौँ

आइतबार, ०२ मङ्सिर २०७५, १२ : ०१
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ । होटल अन्नपूर्णमा आयोजित टुबोर्ग ओपन फेस्ट  २०१८ सम्पन्न भएको छ । 

नेपाली कलाकार लाउरे, विपुल क्षेत्रीको सहायतामा अमेरिकी संगीत निर्माता तथा डिजे डिप्लोले यो कन्सर्ट सफलतापूर्वक सम्पन्न गरेका हुन् । 

कन्सर्टको शूरुवात विपुल क्षेत्री र ब्यान्डले भव्य शैलीमा गरेका थिए । क्षेत्रीको उत्कृष्ट प्रदर्शनी पश्चात लाउरेले मञ्चलाई अझै रोचक बनाउदै कार्यक्रम अघि बढाएका थिए । यस्तै नितेष जङ्ग कुँवरको रमाइले प्रस्तुतीले मञ्च अझ रमणीय भएको थियो भने यसै क्रममा रोहित शाक्य र त्रिशला गुरुङ्गको जोडीले ४५ मिनेट सम्म दर्शकमाँझ मनोमोहक प्रस्तुती प्रदान गरी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । 

अन्तिममा कार्यक्रमका मूख्य अकर्षण, अन्तर्राष्ट्रिय ख्यातीप्राप्त डिजे डिप्लोले मञ्चमा रौनक दिन आएका थिए जसले उक्त सांगितीक साँझलाई अझ अविस्मरणीय बनाएका थियो ।  

उक्त विश्वव्यापी ट्र«याक टुबोर्ग स्टे ओपन को ११ मे २०१८ मा प्रदर्शनी भएको थियो र नेपाली संस्करणको लिरिक्स् भिडियो भने जुनमा मात्र प्रदर्शनीमा आएको थियो । विश्वव्यापी कलाकारहरु डिप्लो र मो को साथ नेपाली कलाकारहरु लाउरे र विपुल भएको म्युजिक भिडियो सेप्टेमबरमा प्रदर्शनीमा आएको थियो । 

उक्त ट्र«याक पहिले अमेरिकी निर्माता तथा डिजे, डिप्लो र डेनिस गायिका मो ले टुबोर्ग ओपनका लागि रेर्कड गरेका थिए । 

उनीहरु दुवै मिली स्टे ओपन ट्र«याक बनाए र नेपाली संस्करणको बिपुल र लाउरेले ‘ओपन टु मोर’ हुनुको औचित्यलाई आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गरेका छन् । 

एकअर्काको विचारहरु महिनौँसम्म साटासाट गरेर, टुबोर्ग ओपन म्युजिक भिडियो सेप्टेम्बरमा प्रदर्शनी भयो जसले १ करोड भ्यु संकलन गरिसकेको छ ।

उक्त विश्वव्यापी अभियान आजको यस टुर्बोग ओपन फेस्टबाट समाप्त भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप