ललितपुरका मुख्य–मुख्य सडकमा अब सिसीटिभी क्यामेरा
काठमाडौं– ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरभित्रको मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पुर्याउन महानगरपालिकाले सिसीटिभी क्यामेरा सडकमा जडान गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । मेयर महर्जनले सिसीटिभी क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भइरहेको पनि बताए ।
मेयर महर्जनले ट्राफिक लाईट व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको पनि स्मरण गराए । राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाईट व्यवस्थापनको कामले गति लिन नसकेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?