शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको खोजीमा कलाकार सडकमा

मङ्गलबार, १० साउन २०७४, १८ : ४७
मङ्गलबार, १० साउन २०७४

काठमाडौं – उपत्यकाको ट्राफिक जाम, हिलो र खाल्टोले भरिएको सडक आदिमा सरकारको ध्यान जान नसकेको भन्दै कलाकारको एक टोली सडकमा उत्रिएका छन् । 
‘काठमाडौं उपत्यकाको व्याप्त प्रदुषण अन्त्य र जिर्ण सडक सुधार गर्न गराउनका लागि नागरिक पहल स्वच्छ वातावरणमा बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो’ भन्ने नारा धन्काउदै कलाकारहरु सडकमा उत्रिएका हुन् । 
मंगलबार मध्यान्न माइतीघर मण्डलस्थित सडकमा उत्रिएका कलाकारले नागरिकलाई स्वच्छ वातावरणमा जीवनयापन गर्ने वातावरण मिलाउनु सरकारको मुख्य जिम्मेवारी र कर्तव्य रहेको समेत नारा घन्काए । 
‘हामीलाई हाम्रो माटो प्रति गर्व छ । तर हाम्रो गर्वलाई धुवाँ, धुलो र हिलोले धुमिल गर्दैछ’ सडकमा उत्रिएका कलाकार नवलले भने ‘राजधानी नेपालीहरुको मात्र गन्तव्य स्थान हुन सक्दैन, जहाँ विश्वका यात्रीहरु आउने जाने गर्छन् ।’ अहिलेको अबस्थामा राजधानी रहेमा विस्वमा नेपालको  पहिचान नराम्रो रुपमा हुने उनले सुनाए ।
प्लेकार्डमा सुचना मुलक सन्देश समेत बोकेर कलाकार सडकमा उत्रिएका थिए । प्लेकार्डमा राजधानीका सडकका दुर्दसा, स्वस्थ्यमा पुर्याउने असर लगायत बिषयका नाराका रुपमा लेखिएका थिए ।
सोही अवसरमा कलाकारले ‘हरेक समस्याको केहन केही समाधान हुन्छ । समाधानको जिम्मेवारी सरकारमा रहन्छ । हामी हाम्रो सरकार खोजीरहेका छौं र सोधिरहेका छौं – यस्तो व्यथितिको अन्त्य कहिले हुन्छ ? यस्तो अस्तव्यस्तता सम्वोधन गर्ने जिम्मेवारी कसको हो ? किन उनीहरुले आफ्नो दायित्व पुरा गर्न सकिरहेका छैनन् ? जिम्मेवारी पुरा नगर्नेलाई सजाँय के हुन्छ ?’ जस्ता सवाल समेत सरकार प्रति उठाए ।
अभिनेता निर्माता नवल खड्काको नेतृत्वमा उत्रिएको कलाकार टोलीमा  चलचित्र बिकाश बोर्ड सदस्य समेत रहेका कलाकार उत्तम केसी, बरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुषाल, कृष्ण मल्ल, सुचित्रा श्रेष्ठ, टिका पहाडी, रमेश बुढाथोकी, रबिन्द्र खड्का, करिस्मा मान्नधर, निर्मल शर्मा, रोसनी केसी, योगेन्द्र श्रेष्ठ, सुचित्रा श्रेष्ठ लगायत सायौ कलाकर्मीको सहभागीता थिए  ।
कार्यक्रममा सबै कलाकारको एउटै स्वर थियो ‘नागरिकले सरकार खोज्नुपर्ने अवस्था आयो । सरकार खोज्दै र जवाफदेहिता माग्दै हामी कलाकारहरु सडकमा आएका छौँ । हामी चाहन्छौ, हामीले तिरेको करको सदुपयोग होस् । काठमाडौ उपत्यकाको यो अस्तव्यस्ताको चाँडै अन्त्य होस् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप