अभिनेत्री सुम्मिता केसीलाई बहिष्कार गर्ने चलचित्र पत्रकारको चेतावनी
मङ्गलबार, १० साउन २०७४, २० : ४७
काठमाडौं– चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन)लाई चलचित्र पत्रकारहरुले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
चलचित्र पत्रकार संघका कार्यकारी सदस्य उत्सव रसाइलीलाई अभिनेत्री केसीले सामाजिक सञ्जाल फेसबुकबाट गाली बेइज्जती गरेको भन्दै संघले अभिनेत्री केसीसँग तीन दिनभित्र स्पष्टीकरण दिन माग गरेको छ ।
संघका सचिव वैकुण्ठराज पराजुलीले मंगलबार विज्ञप्ति जारी गरी तीन दिनभित्र स्पष्टिकरण नदिए केसीका समाचार बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
अभिनेत्री केसीले यसअघि पनि संघका साधारण सदस्य स्वस्तिका चिलुवाललाई भौतिक आक्रमणको धम्की दिएको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ