शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मन राजदूतबाट १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण

बुधबार, ११ साउन २०७४, ०९ : ३१
बुधबार, ११ साउन २०७४

नुवाकोट - वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम जिआइजेडको आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ । 

जिल्लाका विभिन्न स्थानमा जिआइजेडले निर्माण गरेका भवनको साँचो स्वास्थ्य मन्त्रालयका विशेषज्ञ प्रमुख डा विनोदमान श्रेष्ठलार्ई नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत ज्याकलिन ग्रोथले प्रदान गर्दै हस्तान्तरण गरेका हुन् । 

मंगलबार मेघाङ गाउँपालिका–२ बुङताङमा बुङताङ स्वास्थ्य चौकीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जिआइजेडले निर्माण गरेका १७ स्वास्थ्य चौकीको साँचो ग्रहण गर्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्रेष्ठले विनाशकारी भूकम्पले क्षति पु¥याएपछि अस्थायी संरचनामा सञ्चालन हुँदै आएको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । 

नुवाकोटमा रहेका ७५ स्वास्थ्य संस्थामा ३० वटामा पूर्णरुपमा क्षति, २० वटा आंशिक तथा बाँकीसमेत प्रभावित भएकाले विभिन्न संस्थाको साझेदारीमा पुनःनिर्माण जारी रहेकाले स्वास्थ्य सेवा सुधार हँुदै आएको उनले बताए । 

जर्मनीका कार्यवाहक राजदूत ग्रोथले भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि जर्मन सरकारले जनाएको प्रतिबद्धताअनुसार नुवाकोटमा रु आठ करोड ४९ लाखको लगानीमा निर्माण गरेको १७ स्वास्थ्य संस्थाको सहीरुपमा सदुपयोग गर्न आग्रह गरे । 

उहाँले भूकम्पपछि अव्यवस्थित भएको नागरिकको दैनिकी सामान्य बनाउन स्वास्थ्य संस्था र शैक्षिक संस्थाको निर्माणसहित जीविकोपार्जनमा समेत सहयोग पु¥याउन जिआइजेडबाट नुवाकोट तथा धादिङ जिल्लामा दुई हजार युवालाई भवन निर्माण कालीगढ सम्बन्धी तालिम सञ्चालन भइरहेको जानकारी दिए । 

जिआइजेडमार्फत निर्माण गरिएको भवनमा प्रसूति, परिवार नियोजन, नेपाल सरकारबाट उपलब्ध भएका विभिन्न ३८ प्रकारका निःशुल्क औषधि, खोप कार्यक्रमलगायत स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा सञ्चालन गर्न नौकोठाको आधुनिक संरचना रहेका छन् । 

नुवाकोटका साविक १६ गाविसका १७ स्थानमा निर्माण गरेको स्वास्थ्य चौकीमा जनशक्ति र उपकरण अभाव भएकाले त्यसको व्यवस्थापन मिलाउन जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वसन्त अधिकारीले मन्त्रालयसँग समन्वय भइरहेको बताए । 

जिआइजेडको पुनःस्थापना कार्यक्रममार्फत नुवाकोटमा स्वास्थ्य र विद्यालयको भवन निर्माणसँगै कालीगढ तालिमसमेत सञ्चालन भइरहेको संस्थाका नुवाकोट संयोजक सिद्धार्थ शर्माले जानकारी दिए । 

जिल्ला अस्पताल, त्रिशूली ९नुवाकोट०को ५० श्यया क्षमताको प्रि–फ्याब्रिकेटेड भवनसमेत जिआइजेडको सहयोगमा निर्माण गरी यसअघि नै हस्तान्तरण भइसकेको छ । अन्य स्थानका स्वास्थ्य संस्थाका भवन निर्माणको प्रक्रियामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप