शाहिद कपुरलाई क्यान्सर लाग्यो ? यस्तो भन्छन् नायक
बलिउड नायक शाहिद कपुरलाई पेटको क्यान्सर भएको खबर गत हप्ता निकै भाइरल भयो । शाहिदले सोमबार यो खबर खण्डन गरेका छन् । उनले आफ्नो आधिकारिक ट्वीट अकाउन्टमा । उनले लेखेका छन्, ‘म पूर्ण रुपमा ठिक छु, स्वस्थ छु । कृपया यस्तो कुनै पनि खबर विश्वास नगर्नुहोस् ।’
परिवार मिडियासँग रुष्टः
यसबारे वास्तविकता जान्नका लागि सम्पर्क गर्दा शाहिदको परिवार निकै रिसाएको भारतीय मिडियाले बताएको छ । उनीहरुको भनाई उद्धृत गर्दै एक भारतीय मिडियाले लेखेको छ, ‘मानिसहरु यस्तो समाचार कसरी लेख्न सक्छन् । आखिर यो खबरको आधार के हो ? यस्तो प्रकारको अफवाह फैलाउनुलाई कसरी जायज भन्न सकिन्छ ?’
Guys I’m totally fine pl don’t believe random stuff.
— Shahid Kapoor (@shahidkapoor) December 10, 2018
स्रोतका अनुसार शाहिर कपुरकी म्यानेजर आकांक्षाले पनि यो खबर गलत बताएकी छिन् । आकांक्षाका अनुसार यसबारे जब शाहिदलाई थाहा भयो तब उनी निकै हाँसेका थिए । शाहिद आजकाल फिल्म कबिर सिंहको सुटिङ गरिरहेका छन् जुन सन् २०१९ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा