शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रावृत्ति  घटाउन माग गर्दे प्याब्सनको ज्ञापनपत्र

मङ्गलबार, २५ मङ्सिर २०७५, १६ : ४९
मङ्गलबार, २५ मङ्सिर २०७५

वुटवल– निजी विद्यालयहरुको छाता संगठन प्याब्सन नेपाल रुपन्देहीले विभिन्न माग राख्दै शिक्षा विकास तथा समन्वय ईकाइको कार्यालय भैरहवा रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ ।

विद्यार्थी संख्याको आधारमा दिईने छात्रावृत्ति १० प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाउनुपर्ने, विद्यालयहरुको अनुगमन तथा नियमन एकल मन्त्रालयबाट हुनुपर्ने, संघीय शिक्षा नीति र ऐन कानुन बनाउने उच्च स्तरीय शिक्षा आयोगदेखि स्थानिय तह सम्म बन्ने कुनैपनि समिति, कार्यदलमा प्याब्सनको आधिकारिक प्रतिनिधि राख्नुपर्ने, स्थानीय तहबाट लिइने व्यवसायीक करलाइ तत्काल खारेज गर्नुपर्ने जस्ता माग राख्दै  शिक्षा विकास तथा समन्वय ईकाइको कार्यालय भैरहवा रुपन्देहीमा ज्ञापनपत्र बुझाएको हो ।

प्याब्सन नेपालका केन्द्रीय सदस्य विष्णु पन्थी, रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, उपाध्यक्ष महेश भुर्तेल, सिद्धार्थनगर अध्यक्ष एलबी बस्नेत लगायतको सहभागिता रहेको प्याब्सन टोलीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाललाइ ज्ञापनपत्र बुझाएको प्याब्सन रुपन्देही सचिव लक्ष्मण ज्ञवालीले जनाए । ज्ञापनपत्र बुझ्दै ढकालले प्याब्सनले राखेको माग जायज भएको र ती माग माथिल्लो निकायमा पठाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप