शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा सर्वाधिक खोजिनेको सूचीमा परिन् प्रिया प्रकाश, निक जोसनको पनि उस्तै क्रेज

बिहीबार, २७ मङ्सिर २०७५, १६ : ३८
बिहीबार, २७ मङ्सिर २०७५

नयाँ दिल्ली–मलयालम फिल्म अभिनेत्री प्रिया प्रकाश वारियर २०१८ मा भारतबाट गुगलमा सर्वाधिक खोजिनेको सूचीमा परेकी छिन् । 

प्रिया सोसल मिडियामा आँखा झिम्क्याएको भिडियोका कारण चर्चामा रहेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी निकै चर्चित भएकी थिइन् । सो भिडियो उनी अभिनित फिल्म ओरु अड्डार लभको गीतको एक अंश थियो । 

यही भिडियोपछि चर्चित बनेकी प्रियाले गुगलमा खोजिनेको सूचीमा  बलिउडका स्टार्सलाई समेत पछि पार्न सफल भइन्  । 

गुगलमा खोजिनेको सूचीमा उनी पछि हालै अभिनेत्री प्रियंका चोपडासँग विवाह बन्धनमा बाँधिएका निक जोनस रहेका छन् । जोनसपछि हरियाणाकी गायिका सपना चौधरी तेस्रो नम्बरमा गुगलमा सर्वाधिक खोजिनेको सूचीमा परेकी छिन् । 

सपनापछि प्रियंका चोपडा, सोनम कपूरका पति आनन्द आहुजा, सैफअली खानकी छोरी सारा अली खान, सलमान खान, ब्रिटीस राजकुमार ह्यारीसँग विवाह गर्ने अमेरिकन अभिनेत्री मेगन मर्केल, भजन गायक अनूप जलोटा र दिवंगत अभिनेत्री श्रीदेवीकी पति बोनी कपूर पनि शीर्ष स्थानमा रहन सफल भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप