शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जंगलमा खर काटिरहेकी युवतीमाथि बाघको आक्रमण

बुधबार, ११ पुस २०७५, १३ : १३
बुधबार, ११ पुस २०७५

कञ्चनपुर– कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृतासिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताए  । 

उनका अनुसार खर काटिरहेको बेला एक्कासि आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप