शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तारुकामा गोरुको घमासान, मन्त्रीदेखि कलाकारसम्म पुगे हेर्न (फोटोफिचर)

मङ्गलबार, ०१ माघ २०७५, १६ : ००
मङ्गलबार, ०१ माघ २०७५

नुवाकोट । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । 

स्थानीय तथा नेकपाका नेता राजेन्द्र न्यौपानेका अनुसार  मंगलबार दिनभर २२ हल गोरु जुधाइयाे भने विजयी गोरुधनीलाई पुस्कार र प्रमाणपत्रको व्यवस्था समेत गरियाे ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्माले गरे । यस्तै प्रतियोगिता हेर्नकै लागि संघीय सांसद नारायणप्रसाद खतिवडा, भैरव बहादुर सिंह, प्रदेशसभा सांसद केवश पाण्डेलगायत तारुका पुगे थिए । 

न्यौपानेले प्रतियोगितामा गायक धिरज राई, राधिका हमाल, नवराज घोरासैनीले समेत प्रस्तुती दिएको जानकारी दिए । 

यस्तै  स्थानीय तामाङ र नेवारी संस्कृति झल्किने झाँकीले कार्यक्रमलाई थप रौनकता थपेको थियाे । 

तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका–५)  स्थित चन्दनीमा गोरु जुधाइ प्रतियोगिता भएको हो । 

जहाँ गोरु जुधाई प्रतियोगिता हेर्न  ३ हजारको हाराहारीमा दर्शक आएको आयोजक माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप