सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारको लक्ष्य अझै पूरा भएन
काठमाडौं–सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने सरकारको लक्ष्य अझै पूरा हुन सकेन ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ७५३ स्थानीय तहमध्ये ६ सय ८८ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको छ । सरकारले गत वर्ष नै सबै स्थानीय तहमा बाणिज्य बैंकहरुको शाखा पुर्याउने लक्ष्य लिएको थियो ।
सबैभन्दा बढी स्थानीय तह रहेको प्रदेश १ मा १२० स्थानीय तहमा शाखा पुगेको छ । प्रदेश १ मा १३७ वटा स्थानीय तह छन् । १३६ वटा स्थानीय तह रहेको प्रदेश २ मा १३३ स्थानीय तहमा बैंकको शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ । यता ११९ वटा स्थानीय तह रहेको प्रदेश ३ मा ११२ स्थानीय तहमा बैंकको शाखा पुगेको छ ।
गण्डकी प्रदेशमा ८२ स्थानीय तहमा शाखा पुगेको छ । यो प्रदेशमा ८५ स्थानीय तह छ । प्रदेश ५ मा १०७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । यो प्रदेशमा १०९ वटा स्थानीय तह छ ।
कर्णाली प्रदेशमा ६२ वटा स्थानीय तहमा शाखा पुगेको छ । यो प्रदेशमा ७९ स्थानीय तह छन् । सुदुरपश्चिममा ७२ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको छ । यसमा ८८ वटा स्थानीय तह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ