केन्द्रीय संस्करण

नाटक: धर्म

person explore access_timeमाघ ८, २०७५ chat_bubble_outline0
प्रतिकात्मक तस्विर, स्रोतः encrypted-tbn0.gstatic.com

(एक बालक र उसकी आमा)

बालक— आमा, हजुरआमाले आज किन राम्रा राम्रा लुगा लाउनुभएको ? अनि मलाई यो नयाँ सर्ट किन लगाइदिनुभएको ?

आमा — आज चाडबाडको दिन । आज छुट्टी पनि छ । आज हामी मन्दिरमा प्रार्थना गर्न जाँदैछौं ।

बालक— कुनचाहिँ चाडबाड ?

आमा—  आज स्वर्गारोहण दिवस !

बालक—  स्वर्गारोहण भनेको के ?

आमा—  यसको अर्थ के हो भने हाम्रा ईश्वरले आजैका दिन स्वर्गतिर आरोहण गर्नुभएको थियो।

बालक—  आरोहण भनेको के नि ?

आमा—  माथि माथि उक्लनुलाई आरोहण भन्छन् ।

बालक — उनी कसरी उक्ले त आमा ? भ-याङ् लाएर उक्लेको हो?

आमा—  हैन । भ-याङ्बाट हैन । त्यत्तिकै उक्लेको । ईश्वरलाई उक्लन भ-याङ् चाहिँदैन!

बालक—  अनि उक्लेर ईश्वर कहाँ गए त ? बाबा त मसँग के भन्नुहुन्थ्यो भने “आकाश भनेको खाली ठाउँ हो त्यहाँ ताराहरु छन् । जति हेर्दैगयो उति ताराहरु छन् । हामी जसलाई आकाश  भन्छौं त्यसको कुनै छेउटुप्पै छैन !” त्यस्तो छेउटुप्पो नभएको आकाशमा कहाँ गए त ईश्वर?

आमा — (मुस्कुराउँदै) सवै मान्छेले सबै कुरा बुझ्दैनन् बावु, यस्ता कुरामा त विश्वास गर्नुपर्छ।

बालक—  विश्वास ? केमा विश्वास?

आमा — बुढापाकाले भनेका कुरामा विश्वास।

बालक — अस्ति भान्छामा नुन पोखिँदा मैले ‘अब को मर्छहोला !’ भनेको थिएँ । तपाइँले नै यस्ता मुर्खतापूर्ण कुरामा विश्वास गर्न हुँदैन भन्नुभएको थियो,  होइन र ?

आमा—  हो, तिमीहरुले यस्ता वाहियात कुरामा विश्वास गर्नु मनासिप छैन ।

बालक—  कुन कुरा वाहियात र मूर्खतापूर्ण हो अनि कुन होइन भन्ने कसरी पत्ता लगाउने आमा ?

आमा—  साँचो धर्ममा विश्वास गर्नुपर्छ।

बालक—  तर साँचो धर्मचाहिँ के हो त आमा?

आमा—  धर्म ? (मुख अर्कोतिर फर्काएर) मेरो विचारमा मलाई लाग्छ, (म पनि वाहियात कुरा गर्दैछु !,आवाज बढाएर) जाऊ, बाबालाई जाने बेला भइसक्यो भन । तिमी पनि मफलर ओढ ।

बालक—  प्रार्थना सकिएपछि मिठाइ खान पाइन्छ त आमा?

                                  —०—

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...