जारी खेलमा रोनाल्डोको २० औँ गोल पूरा

एजेन्सी - इटालियन सिरिएको शीर्ष टोली युभेन्टसले लिगमा आफ्नो अग्रता थप बलियो बनाएको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले ससौलोलाई ३–० गोलले हराउँदै आफूलाई बलियो अवस्थमा पु-याएको हो ।
युभेन्टसको जितमा सामी खेडिराले २३ औं मिनेटमा गोल गरेर खाता खोलेको थियो । यस्तै, क्रिस्टियानो रोनाल्डोले ७० औँ र इम्रे क्यानले ८६ औँ मिनेटमा गोल गरेका थिए । युभेन्टसका लागि रोनाल्डोको जारी सिजनमा गरेको यो २० औँ गोल हो । घरेलु मैदानमा खेलभर युभेन्टसको दबाब झेलेको ससौलोले खेल अवधिभर कुनै गोल गर्ने अवसर बनाउन सकेन् ।
जितसँगै युभेन्टसले २३ खेलबाट ६३ अंक बनाएको छ । युभेन्टस दोस्रो स्थानमा रहेको नापोलीभन्दा ११ अंकले अगाडि छ । नापोलीले समान खेलबाट ५२ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको इन्टर मिलानको ४३ अंक छ ।
एसी मिलान ३९ अंकका साथ चौथोँ स्थानमा छ । आइतबार राति नै भएको खेलमा मिलानले काग्लियारीलाई ३–० गोलले हराउँदै चौथोँ स्थानमा उक्लिएको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ