शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको मेहेन्दी कार्यक्रममा छाएका छोरा, रजनीकान्तकी छोरीको रिसेप्सनका तस्बिर

सोमबार, २८ माघ २०७५, १० : ५४
सोमबार, २८ माघ २०७५

भारतका सुपरस्टार भनिने रजनीकान्तकी छोरी सौन्दर्या आज अर्थात् ११ फेब्रुअरीमा विवाह गर्दैछिन् । यो विवाह चेन्नईको ‘द लीला प्यालेस’ मा हुनेछ । यो होटल एमआरसी नगरमा छ र यहाँ धेरैको भीड लागेको छ । विवाहको कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यसअघि फेब्रुअरी ८ मा रिसेप्सनको आयोजना गरियो । त्यहाँ  रजनीकान्तका आफन्त र साथीभाइको उपस्थिती रह्यो ।

स्मरण रहोस्, सौन्दर्याको यो दोस्रो विवाह हो । यसअघि सौन्दर्याको विवाह उद्योगपती अश्विन रामकुमारसँग भएको थियो । उनको सात वर्षको विवाह सन् २०१७ मा टुटेको थियो । सौन्दर्याका एक छोरा छन् जसको नाम वेद कृष्ण हो ।

अब सौन्दर्या विशनगन वनानगामुडीसँग विवाह गर्दैछिन् । उनी फार्मास्युटिकल कम्पनीका मालिक हुन् । यसबाहेक उनले फिल्ममा पनि काम गरिसकेका छन् । जिशनगनको पनि यो दोस्रो विवाह हो । यसअघि उनको विवाह एक म्यागजिनकी सम्पादक कनिका कुमारनसँग भएको थियो ।

मेहेन्दी कार्यक्रममा आफ्नाी आमा सौन्दर्याको हातमा मेहेन्दी हेर्दै वेद कृष्ण । वेद र सौन्दर्याको यो तस्बिर सोसल मिडियामा निकै रुचाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप