शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी बीमा कार्यक्रम शुभारम्भ गरिँदै

बिहीबार, ०९ फागुन २०७५, ०८ : ५८
बिहीबार, ०९ फागुन २०७५

वीरगञ्ज –  त्रि–जुद्ध माध्यमिक विद्यालयमा छोरी बीमा कार्यक्रमको शुभारम्भ गरिँदैछ । प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत सो कार्यक्रमको शुभारम्भ हुन लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ‘बेटी बचाउ बेटी पढाउ’ अभियानका लागि झण्डै रु ८९ करोड विनियोजन गरेको छ । सो अभियानअन्तर्गत प्रदेश २ सरकारले छोरी बीमा कार्यक्रमका लागि प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको छ । 

अभियानको पहिलो चरणमा साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, सचेतनाका लागि अभियान चलाउने जस्ता कार्यक्रम रहेको बताइएको छ । 

अभियानअन्तर्गत प्रदेश २ को आठवटै जिल्लाका चार हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत कतिपय जिल्लामा साइकल वितरण गर्ने कार्यक्रम शुभारम्भ भइसकेको छ । 

प्रदेश नं २ मा छोराछोरीबीच विभेद, छोरीलाई भ्रूणमै हत्या गर्ने, दाइजो प्रथा, छोरीलाई विद्यालय नपठाउने जस्ता कुरीति हटाउन अभियानले चेतना जगाउने विश्वास लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप