शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको ठूलो निर्णयः पाकिस्तान जाने आफ्ना तीन नदीको पानी रोक्ने

शुक्रबार, १० फागुन २०७५, ०९ : ०५
शुक्रबार, १० फागुन २०७५

भारतले पाकिस्तान जाने आफ्ना तीन नदीको पानी रोक्ने ठूलो निर्णय गरेको छ ।

केन्द्रीय मन्त्री नितिन गडकरीको कार्यालयले बीबीसीलाई यो दीर्घकालीन योजना भएको र यसको सिन्धु नदी सन्धीसँग कुनै लेनदेन नभएको बताएका छन् ।

केही मिडियाले भारतले पुलवामा हमलापछि पाकिस्तान जोन तीन नदीको पानी रोक्ने निर्णय गरेका छन् । तर गडकरीको कार्यालयले यो निर्णय पुलवामा हमलासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् ।

साथै सिन्धु नदी सन्धी आफ्नो स्थानमा अडिग हुने बताएका छन् ।

गडकरीको कार्यालयले भनेका छ, ‘रावी, सतलज र ब्यास नदीको पानी बाँध बनाएर रोकिनेछ । शाहपुर–कांडी बाँध बनाउने काम पुलवामा हमला अघिदेखि नै सुरु भइरहेको थियो । अब मन्त्रीमण्डलले अन्य दुई बाँध बनाउने निर्णय लिनेछ ।’

यसअघि बिहिबार एक कार्यक्रममा केन्द्रीय मन्त्री नितिन गडकरीले भने, ‘भारत  पाकिस्तान विभाजन भएपछि तीन नदी पाकिस्तानले पाएको थियो र तीन नदी भारतले । हाम्रा तीन नदीको अधिकारको पानी पाकिस्तान गइरहेको थियो । अहिलेसम्म त्यसमा तीन परियोजना सुरु गरेर त्यो पानी यमुनामा फिर्ता ल्याइँदैछ ।’

सिन्धु जल सन्धी अनुसार भारत आफ्नो नदीको पानी पाकिस्तानसँग बाँड्ने गर्छ ।

के हो सिन्धु जल सन्धी ?

– सन् १९६० मा भारत र प्रधानमन्त्री जवाहरलाल नेहरु र पाकिस्तानका राष्ट्रपति अयूब खानले सिन्धु जल सन्धी गरेका थिए । यो सन्धी अनुसार सिन्धु नदीको सहायक नदीलाई पूर्वी र पश्चिमी नदीमा बाँडिएको थियो ।

– सम्झौतामा सिन्धु, झेलम र चेनाबको पानी पाकिस्तानलाई दिइयो र रावी, ब्यास, सतलजको पानी भारतलाई दिइयो ।

– भारत आफ्नो नदीको पानीको, केही अपवाद बाहेक, कुनै रोकटोकबिना प्रयोग गर्न सक्छ । यस्तै, पाकिस्तान नदीको पानीको प्रयोगको केही सिमित अधिकार भारतलाई पनि दिइएको थियो जस्तै बिजुली उत्पादन, कृषिका लागि सिमित पानी ।

– पाकिस्तानको पंजाब र सिन्ध इलाकाको कृषिका लागि त्यहीबाट पानी पाइन्छ । पाकिस्तानको धेरैजसो इलाकाका लागि सिँचाईका लागि यही एउटा माध्यम हो । पाकिस्तानको उद्योग र शहरको बिजुलीका लागि पनि यो सम्झौता निकै महत्व राख्छ ।

– सम्झौता अनुसार कसैले पनि एकतर्फी रुपमा यो सन्धी तोड्न सक्दैन वा परिवर्तन गर्न सक्दैन ।

–अन्तर्राष्ट्रि न्यायालयले यदि मूल स्थितीमा परिवर्तन भए कुनै सन्धी रद्द गर्न सकिने बताउँछ ।

– विभाजनपछि सिन्धु घाटीबाट जाने नदीमा भएको विवादको मध्यस्थता विश्व बैंकले गरेको थियो । त्यसकारण यदि भारतले यो सम्झौता तोडे पाकिस्तान सबैभन्दा पहिले विश्व बैंकमा जान सक्छ । र विश्व बैंकले यस्तो गर्नका लागि दबाब दिनसक्छ ।

– यद्यपी, सिन्धु नदी तिब्बतबाट सुरु हुन्छ तर चीनको यो सम्झौतामा समावेश गरिएको छैन तर यदि चीनले यदि नदीलाई रोकिदियो वा बहावलाई परिवर्तन गर्यो भने दुई देशका लागि हानी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप