शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्रको मधेस भ्रमणः जनकपुरमा भव्य स्वागत, लाग्यो ‘राजा आउ देश बचाउ’को नारा (फोटोफिचर)

बुधबार, २९ फागुन २०७५, २१ : ०१
बुधबार, २९ फागुन २०७५

जनकपुर । मधेश भ्रमण आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा उनका समर्थकहरुले लगाएका छन् ।

बुधबार अबेर साँझ जनकपुरस्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरुले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै पूर्वराजा शाह समक्ष राष्ट्रवादी नागरिक समाज जनकपुरले माग गरेका हुन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका ललन चौधरीले राजसंस्था र हिन्दु धर्म सापेक्ष बिना मुलुक नचल्ने देखिएकोले राजाको आवश्यक रहेको भन्दै पूर्वराजा शाहको स्वागतको लागि उनी समेत पुगेका थिए ।

त्यस्तै राजपा नेपालबाट अलग भएका राजपा लोकतान्त्रिकका संयोजक रितेश सिंहले जनकपुरमा पाहुनालाई स्वागत गर्ने हरेक नागरिकको अधिकार रहेकोले आफू स्वागत गर्न आएको उनको तर्क थियो ।

पूर्वराजा शाह भोली बिहान सर्लाहीस्थित दुर्गा मन्दिरमा पूजापाठ गरि सप्तरीस्थित सखडा मन्दिरलगायतका मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ भने पर्सि पुनः जनकपुरमा भेटघाटका कार्यक्रमहरु राखिएको राजदरबारका सचिव फणी पाठकले जानकारी दिए ।

पूर्वराजा शाहको स्वागत अभिनन्दनका लागि सैकडौँ राजावादीहरुको उपस्थिथि देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप