शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबलाई अमेरिकी सिनेटको तगडा झट्का

शुक्रबार, ०१ चैत २०७५, ०८ : २४
शुक्रबार, ०१ चैत २०७५

बीबीसी

साउदी अरबले पछिल्लो तीन वर्षमा यमनमा अमेरिकी हतियारको दममा युद्ध जारी राखेको छ । संयुक्त राष्ट्रका अनुसार यो युद्धका कारण ८० लाख भोकमरीको स्थितीमा पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जबदेखि सत्तामा आएका छन्, साउदी युवराज सलमानले उनीसँग नजिक भएर उनको विश्वास जित्न सफल भए । जसका कारण अमेरिका जमाल खसोग्गी बारेमात्रै नभई यमनको मुद्दामा पनि चुप रह्यो ।

तर अब अमेरिकी सिनेटले यो युद्धलाई समाप्त गर्ने प्रस्ताव पारित गरेर राष्ट्रपति डोनल्ड ट्रम्वको यमन नीतिलाई जोडदार झट्का दिएको छ ।

अमेरिकी सिनेटले यमनमा साउदी अरबको नेतृत्वमा चलिरहेको युद्धलाई समाप्त गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्तावमा ४६ ले विमती जाहेर गरेका थिए भने ५४ ले यसको समर्थन गरेका थिए । विशेष कुरा के छ भने राष्ट्रपति ट्रम्पको इच्छा विरुद्ध गएर रिपब्लिकन पार्टीका सात सांसदले पनि यो मुद्दामा डेमोक्रेटिक पार्टीको साथ दिए ।

यो सिनेटले  राष्ट्रपति डोनल्ड ट्रम्पको विदेश नीतिलाई दिएको एउटा ठूलो झट्का हो ।

३० दिनमा सैनिकलाई हटाउने निर्देशनः

रिपब्लिकन पार्टीको बहुमत भएको सिनेटले राष्ट्रपति ट्रम्पलाई ३० दिनभित्र यमनमा युद्ध कार्यमा तैनाथ अमेरिकी सैनिकलाई हटाउनुपर्ने निर्देशन दिएको छ ।

सिनेटर बर्नी स्यान्डर्स र रिपब्लिकन माइक लीले यसको समर्थन गरे । अब यो प्रस्ताव डेमोक्रेटिक पार्टीको नेतृत्व भएको प्रतिनिधी सभामा जानेछ । यो त्यहाँ पनि पारित हुने प्रबल सम्भावना रहेको छ ।

यो पारित भएपछि एउटा नयाँ इतिहास बन्नेछ किनभने सन् १९७३ पछि पहिलो पटक राष्ट्रपतिको सैन्य शक्तिमा सिधा कटौती हुनेछ ।

अमेरिकी सांसदले दशकौं पुरानो ‘वार पावर रिजोलुशन’ को विदेशी धर्तीमा चलिरहेको संघर्षलाई रोक्न कहिले प्रयोग गरिएन किनभने यसपटक उनीहरु त्यो युद्धबाट अमेरिकी समर्थन हटाउने निर्णय गरेका छन् जसले मानवीय विध्वंस मच्चाएको छ ।

तर यसैबीच ह्वाइट हाउसले भिटो प्रयोग गर्ने धम्की दिएको छ ।

के हो मामला ?

गत वर्ष अमेरिकास्थित साउदी पत्रकार जमाल खग्गोसीको हत्यापछि नै ट्रम्पले साउदी अरबलाई दिइरहेको समर्थन अमेरिकी कांग्रेसमा चिन्ताको विषय थियो । दुबै पार्टीका सांसदले साउदी अरबलाई पर्याप्त विरोध नगरेको भन्दै ट्रम्पको आलोचना गरेका छन् ।

यमन युद्धमा अमेरिकी समर्थनलाई समाप्त गर्नका लागि यस्तै प्रकारको एउटा प्रस्ताव डिसेम्बरमा पनि सिनेटले पारित गरेको थियो तर रिपब्लिक पार्टीको नियन्त्रणमा रहेको सदनले त्यसलाई स्विकारेको थिएन ।

यमन युद्ध सुरु भएको पाँच वर्ष पुग्न लाग्यो । अहिलेसम्म हज्जारौंको ज्यान गएको छ भने लाखौं भोकमरीको स्थितीमा पुगेका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार यो संसारको सबैभन्दा ठूलो मानवीय आपत्ति हो ।

सिनेटर क्रिस मार्फीले मतदान अघि भने, ‘यो निर्णयलाई साउदीमा एउटा सन्देशको रुपमा हेरिनेछ । उनीहरुले आफूले जे गरे, त्यसलाई स्पष्ट गर्न आवश्यक छ ।’

उनले थपे, ‘जब हामी स्वेच्छाले युद्ध अपराधमा भाग लिन्छौं वा आफ्ना जनतालाई नरसंहारमा समावेश हुन अनुमती दिन्छौं तब हामी संसारको नजरमा कमजोर हुन्छौं ।’

यमनमा संघर्षको कारण के हो ?

यमनमा शिया र सुन्नी मुसलमानबीच लामो समयदेखि संघर्ष चलिरहेको छ ।

उत्तर यमनमा हूती बस्छन् जो शिया मुसलमान हुन् र उनीहरुले इरानको समर्थन पाएका छन् ।

यमनका बाँकी स्थानमा सुन्नी मुुसलमान छन्  उनीहरुलाई साउदी अरबको समर्थन छ ।

उत्तर यमनमा बस्ने यही हूती विद्रोहीले सन् २०११ को क्रान्तिपछि राष्ट्रपति अली अबदुल्लाह सालेहलाई हटाएका थिए । यद्यपी, पछि उनको हत्या भएको खबर र फुटेज सार्वजनिक भएको थियो ।

सालेहलाई उनैका पूर्व सहयोगी हूती विद्रोहीले हत्या गरिदिए । सालेहमाथि राजधानी सनामा भएको हमलापछि विद्रोहीले मिडियालाई प्रतिबन्ध लगाएका थिए । पछि जनवरी २०१८ मा उक्त हमलाको फुटेज सार्वजनिक भएको छ ।

साउदी अरबले सन् २०१५ देखि यमनमा एउटा भयानक युद्ध सुरु गरेको छ । साउदी युवराज सलमानले सुरु गरेको यो युद्धमा हरेक दिन बच्चा, बूढा र महिलाको मृत्यु भइरहेको छ ।

‘सालेहको सत्ता संघर्ष’

रिपरिव इन यमन संस्थामा काम गर्ने बरा शिबन अब लण्डनमा बस्छन् उनले बीबीसीसँगको कुराकानीमा भने, ‘अहिलेको स्थिती ३३ वर्षको अत्याचारको नतिजा हो । पूर्व राष्ट्रपति सालेहले आफूलाई सत्तामा टिकाइराख्न थुप्रै संघर्ष गरे ।’

उनी थप्छन्, ‘सन् २००४ मा हूती विद्रोहीविरुद्ध राष्ट्रपति सालेहको युद्धको क्रममा लगभग ४० हजार मारिएका थिए । यो घटनापछि मानिसहरुमा ‘सरकारलाई आफ्नो जनताको कुनै चिन्ता छैन र यो युद्धलाई सधैंका लागि कायम राख्न चाहन्छ’ भन्ने गहिरो छाप पर्यो । हूती आफूलाई एउटा नयाँ सत्ता केन्द्रको रुपमा हेरिरहेका छन् ।’

सन् १९९० मा उत्तर र दक्षिण यमन एउटै देश थिए ।

वास्तवमा दक्षिण हिस्सा धेरै विकसित थियो । तर चार वर्षपछि सालेहले सत्ता सम्हालेलगत्तै देश गृहयुद्धमा फस्यो ।

यमन मूलकी अमेरिकी नागरिक सुमेर नसिरले बीबीसीलाई भनिन्, ‘सन् २००७ मा दक्षिण यमनमा आन्दोलन सुरु भयो, उनीहरु अलग देशको माग गरिरहेका थिए । तर आफ्नो समस्या हल गर्नुपर्ने पनि बताइरहेका थिए ।’

उनी थप्छिन्, ‘त्यसकारण दक्षिणी यमनको चिन्ताको सम्बोधन नगरेसम्म अहिलेको संकट हल हुनेछैन ।’

संयुक्त राष्ट्र संघ के भन्छ ?

संयुक्त राष्ट्रका अनुसार यमनमा यतिबेला संसारको सबैभन्दा ठूलो मानवीय संकट चलिरहेको छ ।

त्यहाँका २.३ करोड जनता जीवित रहनका लागि मानवीय सहायतामा विश्वास गरिरहेका छन् ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप