शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाको क्लिनस्विप

आइतबार, ०३ चैत २०७५, ०९ : ४३
आइतबार, ०३ चैत २०७५

एजेन्सी - श्रीलंकाविरुद्धको पाँच खेलको वानडे क्रिकेट सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ । सिरिज ५–० ले जितेको दक्षिण अफ्रिकाले शनिबार राति भएको पाँचौ तथा अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) का आधारमा श्रीलंकालाई ४१ रनले हरायो ।

दक्षिण अफ्रिकाले दुई सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा दुई विकेट गुमाएर एक सय ३५ रन बनाउँदा खराब मौसम भएपछि खेल रोकिएको थियो । दक्षिण अफ्रिकाका लागि युवा ब्याट्सम्यान एडेन मार्करामले सर्वाधिक ६७ रन बनाए । रस्सी भान डर डुसेनले अविजित २८ कप्तान फाफ डु प्लेसिस २४ रन बनाए । बलिङमा श्रीलंकाका लाथिस मलिङ्गा र थिसेरा परेराले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २५ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५६ रन बनाए । प्रियमल परेराले ३३, इसुरु उडनाले ३२, एन्जिलो परेराले ३१ र ओशदा फ्रनान्डोले २२ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन, ईमरान ताहिरले र एनरोच नोर्टजले दुई दुई विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो खेलमा आठ विकेट, दोस्रो खेलमा एक सय १३ रन, तेस्रो खेलमा ७१ रन र चौथो खेलमा ६ विकेटको जित हात पारेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप