भारतमा पनि विप्लव समूहमाथि निगरानी, बुझाइयो विरोधपत्र
बुटवल– भारत सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाउन थालेको छ । प्रदेश पाँचबाट नयाँ दिल्लीमा कार्यरत नेपालीहरुले भारत सरकारले पनि सो समूहमाथि निगरानी बढाउँदा आफुहरु पीडित बनेको गुनासो गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपानिकट प्रवासी नेपाली जनसमाज भारतका सदस्य समेत रहेका बाबुलाल नेपाली सहितका कार्यकर्ताहरुले भारत सरकारले समेत आफ्नो पार्टीविरुद्ध निगरानी बढाएको भन्दै गुनासो गरे । ‘नेपाल सरकारले प्रतिबन्ध लगाएदेखि नै भारत सरकारले पनि हामी माथि निगरानी बढाउन थालेको छ’ नेपालीले भने, ‘हाम्रो संगठनको लेटरप्याड र छाप प्रयोग गर्न समेत प्रतिबन्ध लगाइएको छ ।’
सो संगठनले भारतस्थित नेपाली दूतावासमा विरोधपत्र बुझाउँदै नेपाल सरकारले लगाएको प्रतिबन्धको घोर भत्र्सना गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष आजद सेन थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारको विरोध गर्दै प्रतिबन्ध समस्याको समधान नभई वार्ता र सम्वाद एक मात्र विकल्प भएको उल्लेख छ ।
राष्ट्रियता,जनतन्त्र र जनजिविकाको सवालमा अहिलेको सरकार असफल भएको आरोप लगाउँदै तीनै सवालहरु उठाउँदै आएको पार्टीलाई प्रतिबन्ध लगाउनु लोकतन्त्रविपरित भएको सो संठनको ठहर छ । उनीहरुले नेपाल र भारतमा समेत लगाउन थालिएको प्रतिबन्ध तत्काल फुकुवा गर्न समेत नेपाल सरकारसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर