शिवमले एक सेयर बराबर १५.७८ प्रतिशत नगद लाभांश दिने
बिहीबार, १४ चैत २०७५, १२ : ४८
काठमाडौं–शिवम सिमेन्टले आफ्ना लगानीकर्तालाई लाभांश दिने भएको छ ।
बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको प्रतिसेयर १५.७८ प्रतिशत हुन आउने रकम लाभांशको रुपमा दिन आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
लाभांश ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबर हुनेछ । शिवको सेयर गत सातामात्र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको थियो ।
कम्पनीले गत फागुनमा सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँका दरले प्राथमिक सेयर निष्काशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु