बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिट तथा तोडफोड गर्ने ६ जना पक्राउ

शनिबार, ३० चैत २०७५, १८ : ०६
शनिबार, ३० चैत २०७५

काठमाडौं । महानगरीय प्रहरी वृत बानेश्वरले कुटपिट तथा तोडफोड कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । उनीहरुले बानेश्वर बस्नेत मदन खड्कालाई कुटपिट गरेका थिए । 

पाँचथर फागुनन्द गाउँपालिका–४ घर भएका नयाँ बानेश्वर बस्ने १९ वर्षीय शुक्रराज राईसहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुले खड्कालाई कुटपिट गर्नुका साथै बा.१४ च ४८४१ नम्बरको गाडी समेत तोडफोड गरेको खबर प्राप्त हुनासाथ बृतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बृतका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । 

कुटपिटबाट घाइते भएका खड्काको नागरिक अस्पताल मिनभबनमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।        
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप