कोशीमा किचलो
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
बिहीबार, २७ वैशाख २०८१, १४ : ४५

काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो ।
रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
उता कार्कीको सर्वोच्चमा रिट दर्ता हुँदा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
-
भिजिट भिसा प्रकरणमा थप सशक्त ढंगले अगाडि बढ्न रास्वपाको निर्देशन
-
रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने
-
सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने
-
इजरायलले दियो दुई इरानी सहर खाली गर्न धम्की
-
'हाउसफुल ५'लाई लगानी उठाउन सकस